बरदगोरिया बहुउद्देश्यीय सहकारी संस्थाको २३ औ वार्षिक साधारणसभा सम्पन्न

बर्दगोरिया । बरदगोरिया बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बर्दगोरिया २ बौनिया,कैलालीको २३ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष उमाशङ्कर अवस्थीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथितिका रूपमा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोविन्द विक रहनुभएको थियो भने विशिस्ट अथितिमा साना किसान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पदमराज रिजाल रहनु भएको थियो ।

साधारणसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोविन्द विकले सरकारीहरू सरकारको नीति–नियमअनुसार चल्न आवश्यक रहेको बताए । उनले सहकारीले वास्तविक बचतकर्ताहरूलाई मद्दत गर्नुपर्ने बताउदै सहकारीले स्थानीय स्तरमा आर्थिक उन्नति र रोजगारीको क्षेत्रमा महत्त्वपूर्ण सहयोग गरेको बताए । पछिल्लो समयमा सहकारी संघसंस्थाले मुलुकमा आर्थिक समृद्धिका लागि ठूलो टेवा पुऱ्याएको बताउदै उनले स्थानीय स्तरमा आफुले गर्न सक्ने सबै सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमका विशिस्ट अतिथी किसान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पदमराज रिजालले सहकारी अभियानले छरिएर रहेका पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै गरिबी न्यूनीकरण र समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुऱ्याएको बताए ।

कार्यक्रममा बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बहादुर बम, समाजसेवी तथा बुद्धिजीवी ब्रीजेस रावल लगाएतले शुभकामना मन्तव्य राखेका थिए । सो क्रममा उनीहरूले संस्थाको आर्थिक वृद्धि र सेयर सङ्ख्या वृद्धि र कार्यक्षेत्र बिस्तार गरि पुजि बढाउनतर्फ लाग्नुपर्ने सुझाव दिएका थिए ।

संस्थाका उपाध्यक्ष भवीराम कटेलको स्वागत मन्तव्यसङ्गै शुरु भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष ध्वज बहादुर सुनारले प्रबन्धक बाबुराम पाण्डेलाई आर्थिक वर्ष ०७७/०७८, ०७८/७९ को लेखापरीक्षण पेस गरेका थिए भने प्रवन्धक पाण्डेले आयव्यय प्रस्तुत गरेका थिए ।

कार्यक्रमको संचालन संस्थाका सहसचिव कृष्ण भण्डारीले गरेका थिए । संस्थाले हाल बर्दगोरिया, जोशीपुरमा सेवा प्रवाह गर्दै आएको छ भने लम्कीचुहामा आफ्नो सेवा विस्तारको तयारी गरेको जनाएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार