बर्दगोरियामा गठबन्धनको चुनावी सभा, चुनावी प्रचार प्रसारमा जान नेता कार्यकर्तालाई निर्देशन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ (ख) कैलालीले शुक्रबार बिजया दशमी शुभ दिपायली तथा छट पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा संयुक्त चुनावी कार्यक्रम सम्पन्न गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ (ख) ले सो कार्यक्रम गरेको हो ।

कार्यक्रम भर्खरै सम्पन्न भएको हिन्दु नेपालीहरुको महान चाड वडा दशै तथा आउदैन गरेको शुभ दिपावली तथा छ्ट पर्वको शुभकामना आदानप्रदान गर्नुका साथै मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य र क्षेत्र नम्बर २ (ख) बाट उम्मेदवारी रहेका उम्मेद्वारलाई कसरी निर्वाचित गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । कार्यक्रममा गठबन्धनका साझा उम्मेदवारलाई भारी मतका साथ बिजयी गराउन सबैले आ-आफ्नो तह र तप्काबाट सक्रियताका साथ चुनावी अभियानमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा संयुक्त बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र) ले आफ्नो जित सुनिश्चित भएको दावी गरे । उनले भने हामी गठबन्धनका साथ चुनावी मैदानमा छौ, अङ्ग गणितीय हिसाबले समेत हाम्रो भोट सङ्ख्या सबैभन्दा बढी छ, त्यसैले जित सुनिश्चित भएको हुँदा कसैले पनि अन्तरघात नगरी चुनावमा सघाउन आवश्यक छ । उनले यसअघि आफुले यहाँको विकास र समृद्धिका लागि थुप्रै योजना अघि सारेको, थुप्रै काम पूरा गरेको र बाकी रहेका काम पुरागर्न आफ्नो उम्मेदवारी रहेको बताए ।

कार्यक्रममा सहभागी अन्य बक्ताहरुले भने- हामी गठवन्धनका साथ यहाँको विकास ,समृद्धिका लागि चुनावी मैदानमा छौ । गठबन्धनका उम्मेदवार नै साझा उम्मेदवार भएको हुँदा आम कार्यकर्ता, नेता, बुद्धिजीवी सबैले भोट हाल्न आवश्यक रहेको बताए । गठबन्धनको उम्मेदवारको पराजय हुनु सबै साझा चुनावी मैदानमा होमिएका दलहरुको हार हुने र यसबाट जनताको माझमा गरिएका बाचा, प्रतिबद्धता र अधुरा कामहरु प्रभावित हुने भएको हुँदा सबैले सचेत रहन आग्रह गरे ।

संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ (ख) का संयोजक रामकृष्ण डगौरा (थारु)को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य (माओवाद केन्द्र) का बर्दगोरिया गाउँ कमिटी वरिष्ठ उपाध्यक्ष भेखुराम चौधरीले राखेका थिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस बर्दगोरिया गाउँ कमिटी सभापति कृष्ण बिष्ट, नेपाली काङ्ग्रेसका ब्रीजेश रावल, नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश सदस्य नवीन पुनमगर, एकीकृत समाजवादीका दिल बहादुर बिक, जनमोर्चा कि रुपा आले, नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश सदस्य तथा बर्दगोरिया गाउँपालिका इन्चार्ज रुपक सुनार, नेपाली काङ्ग्रेस कैलालीको क्षेत्र नम्बर २ का सभापति विष्णु ढकाल, नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य लाल बहादुर सोडारी, नेपाली काङ्ग्रेस पुर्व महासमिति सदस्री राम नारायण थारु लगाएका नेता कार्यक्रताले आगामी निर्वाचनमा उम्मेद्वार लाई कसरी निर्वाचित गर्ने भन्ने बिषमा आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रमबाट मंसिर ४ गते हुने प्रतिनिती सभा सदस्य तथा प्रदेश सभा सदस्यका उम्मेद्वारलाई निर्वाचित गराउन पार्टीका नेता तथा कार्यक्रमलाई विभिन्न जिम्मेवारी समेत दिइएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार