ब्रेकिङ न्युज

Featured posts

बर्दगोरिया-६ मा दिया देवारी सांस्कृतिक कार्यक्रम २०७९ हुने

बर्दगोरिया-६ मा दिया देवारी सांस्कृतिक कार्यक्रम २०७९ हुने

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउंपालिका ६ जगतपुरमा तिहार तथा छठ पर्बको अवसरमा दिया देवारी सांस्कृतिक कार्यक्रम २०७९ हुने भएको छ । भाषा, कला, संस्कृतिके करी सम्मान । भेषभुषा, कला, संस्कृति हमार पहिचान ।। भन्ने मुल नाराका साथ हरेक बर्षझैं आयोजना हुने कार्यक्रम यस बर्ष पनि कार्तिक १३ गते आयोजना हुन लागेको हो । बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा. लि. को आयोजना तथा श्री जनआकृति बाल क्लबको सहकार्यमा कार्यक्रम हुने बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा. लि.का प्रबन्ध निर्देशक हरेन्द्र चौधरीले जानकारी दिएका छन । कार्यक्रमलाई नेपालकै प्रतिष्ठित कम्पनि चौधरी ग्रुपको सि जी ब्रुअरी प्रा. लि. ले मुख्य प्रायोजकको रुपमा प्रायोजन गरेको छ…
पुरा पढ्नुहाेस्
नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै प्रमोद मल्ल पुन: नेपाली काङ्ग्रेसमा प्रवेश

नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै प्रमोद मल्ल पुन: नेपाली काङ्ग्रेसमा प्रवेश

बर्दगोरिया । नेपाली काङ्ग्रेस बर्दगोरिया गाउँकार्यसमितिको उपसभापति जस्तो जिम्मेवारपुर्ण पद त्यागेर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका प्रमोद मल्ल पुनः काङ्ग्रेसमै फर्किएका छ्न । बुधबार कैलालीको बर्दगोरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै मल्ल नागरिक उन्मुक्तिमा प्रवेश गरेको चार महिना नपुग्दै फेरि काङ्ग्रेसमा फर्किएका हुन । मल्ल गत असार २५ गते लम्कीमा आयोजित नागरिक उन्मुक्ति पार्टी प्रवेश कार्यक्रममा नेपाली काङ्ग्रेस बर्दगोरियाको उपसभापति छोडेर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए । नागरिक उन्मुक्तिमा रहदा मल्लले मङ्सिर ४ मा हुने चुनावको लागि प्रदेश सभा सदस्यको उम्मेदवारको दावी गर्दै सोहीअनुसारको लविङ गरेका थिए । तर अन्ततः मल्लले टिकट भने पाएन्न । उनले नेपाली काङ्ग्रेसमा हुँदा पनि…
पुरा पढ्नुहाेस्
आज तिहारको चौथो दिन, गोवर्द्धन पूजा, गोरु पूजा गरिँदै

आज तिहारको चौथो दिन, गोवर्द्धन पूजा, गोरु पूजा गरिँदै

काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । बलि, हली एवं गोरु पूजा भगवान्…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-६ मा पुर्व सांसद साउदले गरेका बिकासे योजनाको रिपोर्ट

बर्दगोरिया-६ मा पुर्व सांसद साउदले गरेका बिकासे योजनाको रिपोर्ट

बर्दगोरिया । सुदुरपश्चिम प्रदेशका पुर्व सांसद नन्दबहादुर साउद (राजेन्द्र ) ले कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा मात्रै दर्जनौं कार्ययोजना पूरा गरेका छ्न । उनले आफ्नो ५ वर्षिय कार्यकालमा बर्दगोरिया ६ नम्बर वडामा मात्रै दर्जनौ कार्ययोजना पूरा गरेको पाइएको छ । आउँदो मङ्सिर ४ गते हुने निर्वाचनका लागि संयुक्त बाम लोकतान्त्रिक गठबन्धनबाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका साउदले आफ्नो कार्यकालमा यहाँको विकास र समृद्धिका लागि के - कति योगदान गरे ? भनी गरेको खोज अध्ययनबाट यसको तथ्य खुलेको हो । माननीय रहदा साउदले बर्दगोरियाका वडा नम्बर ६ मा कृषि हाटबजार, कृषि…
पुरा पढ्नुहाेस्
आज सूर्यग्रहण लाग्दै, ग्रहण लागेको बेला के गर्ने, के नगर्ने ?

आज सूर्यग्रहण लाग्दै, ग्रहण लागेको बेला के गर्ने, के नगर्ने ?

काठमाडौं । कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४:५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५:२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी करिब ६:४५ बजे छोड्नेछ । शास्त्रीय मान्यताअनुसार सोमबार राति ४:५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । ग्रहणका समयमा…
पुरा पढ्नुहाेस्
दोदोधरा अस्पतालले तिहारको विदामा पनि नियमित उपचार सेवा दिने

दोदोधरा अस्पतालले तिहारको विदामा पनि नियमित उपचार सेवा दिने

बर्दगोरिया । तिहारको विदामा कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको दोदोधरा अस्पतालले स्वास्थ्य सेवालाई नियमित गरेको छ । नागरिकको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन दोदोधरा अस्पतालले नियमित सेवा संचालन गरेको हो । अस्पतालका जनस्वास्थ्य निरीक्षक कृष्ण देव जोशीका अनुसार सार्वजनिक बिदाको समयमा अस्पताल बन्द हुँदा नागरिक बिरामी हुँदा कुनै असुविधा नहोस र टाढा जानुपर्ने बाध्यता अन्त्य गर्दै घरदैलोमा नै स्वास्थ्य सेवा पुर्याउने उदेश्यका साथ अस्पतालबाट हुने सबैसेवा नियमित गरिएको हो । तिहारको अबसरमा सरकारले दिएको सार्बजनिक बिदाको दिन यहि कार्तिक ७ देखि १३ गतेसम्म बिहान १० देखि दिउँसो २ बजेसम्म अस्पतालबाट नियमित सेवा नागरिकलाई दिइनेछ । यसैगरी आकस्मिक सेवा…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-४ मा पुर्व सांसद साउदले गरेका बिकासे योजनाको रिपोर्ट

बर्दगोरिया-४ मा पुर्व सांसद साउदले गरेका बिकासे योजनाको रिपोर्ट

बर्दगोरिया । सुदुरपश्चिम प्रदेशका पुर्व सांसद नन्दबहादुर साउद (राजेन्द्र ) ले कैलालीको बर्दगोरिया गाउँपालिकासहित यस क्षेत्रको समग्र विकास र समृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याएको पाइएको छ । आउँदो मङ्सिर ४ गते हुने निर्वाचनका लागि संयुक्त बाम लोकतान्त्रिक गठबन्धनबाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका साउदले आफ्नो कार्यकालमा यहाँको विकास र समृद्धिका लागि के - कति योगदान गरे ? भनी हामीले गरेको अध्ययनबाट यसको तथ्य खुलेको हो । माननीय रहदा साउदले बर्दगोरियाका हरेक वडामा दर्जन बढी योजना र बजेट दिएको पाइएको छ । जुन योजना अनुसार ५ लाखदेखि करोड बढीका छ्न । यस क्षेत्रको…
पुरा पढ्नुहाेस्
बर्दगोरिया जारि फुटबल प्रतियोगिताको उपाधि नेपाल आर्मीको देविदल गण (तेघरी) लाई

बर्दगोरिया जारि फुटबल प्रतियोगिताको उपाधि नेपाल आर्मीको देविदल गण (तेघरी) लाई

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा जरी पाचौं बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको उपाधि नेपाल आर्मीको देविदल गण (तेघरी) ले उचालेको छ । असोज ३० गते देखि शुरु भएको उक्त राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको आज भएको फाईन खेल १/० गोलले कोहलपुर रेसिङ्ग युवा क्लबलाई हराउँदै नेपाल आर्मीको देविदल गण (तेघरी)ले उपाधि उचाल्न सफल भएको हो । नेपाल आर्मीको देविदल गण (तेघरी) प्रथम हुँदै नगद २ लाख २५ ह्जार सहित ट्रफी ,मेडल र प्रमाणपत्र हासिल गरेको छ । भ ने त्यस्तै रेसिङ्ग युवा क्लब कोहलपुर दोस्रो हुँदै नगद १ लाख १५ ह्जार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने…
पुरा पढ्नुहाेस्
बर्दगोरिया ३ को लागि पुर्व साङ्सद साउदले गरेका कार्ययोजना

बर्दगोरिया ३ को लागि पुर्व साङ्सद साउदले गरेका कार्ययोजना

बर्दगोरिया । सुदुरपश्चिम प्रदेशका पुर्व सांसद नन्दबहादुर साउद (राजेन्द्र ) ले कैलालीको बर्दगोरिया गाउँपालिकासहित यस क्षेत्रको समग्र विकास र समृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याएको पाइएको छ । आउँदो मङ्सिर ४ गते हुने निर्वाचनका लागि संयुक्त बाम लोकतान्त्रिक गठबन्धनबाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार रहेका साउदले आफ्नो कार्यकालमा यहाँको विकास र समृद्धिका लागि के - कति योगदान गरे ? हामीले गरेको विकासे अध्ययनबाट यसको तथ्य खुलेको हो । माननीय रहदा साउदले बर्दगोरियाका हरेक वडामा दर्जन बढी योजना र बजेट दिएको पाइएको छ । जुन योजना अनुसार ५ लाखदेखि करोड बढीका छ्न । यस क्षेत्रको समुन्नत…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा जारी राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको फाइन खेल आज हुँदै

बर्दगोरियामा जारी राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको फाइन खेल आज हुँदै

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा जरी पाचौं बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको फाईन खेल आज हुने भएको छ । असोज ३० गते देखि शुरु भएको उक्त राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको फाईन खेल आज हुने भएको हो । फाईन खेलमा आज कोहलपुर रेसिङ्ग युवा क्लब र नेपाल आर्मीको देविदल गण (तेघरी) भिडने भएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख २५ ह्जार सहित ट्रफी ,मेडल र प्रमाणपत्र साथै दोस्रो हुने टिमले नगद १ लाख १५ ह्जार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी ब्यक्तिगत बिद्यातर्फ उत्कृष्ट खेलाडीले नगद १५ ह्जार प्राप्त गर्दा, उत्कृष्ट…
पुरा पढ्नुहाेस्