श्री जनजागरण युवा क्लबले गर्‍यो बर्दगोरिया-६ मा सरसफाइ

बर्दगोरिया (कैलाली)। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ पृथ्वीपुरमा रहेको श्री जनजागरण युवा क्लबले एक उदाहरणीय कार्य गरेको छ ।

पालिकाको वडा नम्बर ६ मा रहेको उक्त क्लबले आफ्नो गाउँमा रहेको चोक सारसफाइ , सडकमा भएको खाल्डा खुल्डी पटानी र नाला सरसाफाइ गरि एक उदाहरणीय कार्य गरेको छ । विभिन्न सामाजिक क्षेत्रमा अफ्नो सक्रियता देखाउदै उदाहरणीय कार्य पाइएकाे छ ।

जसानुसार आज मात्र क्लबले वडामा रहेको ६ मा पृथ्वीपुर बिशराम प्रतीक्षालाय देखि गुर्ही चोक सम्म सडकमा परेका खाल्डा खुल्डी मार्मत, तथा गाउँको भित्र चोक देखि लिएर राजिपुर गाउँमा जाने बाटो सम्म सरसाफाइ गरेको हो ।

बर्षातको समयमा नालामा पानी जमेर घरघरमा पस्ने तथा ती सडक छेउमा रहेको नालाबाट निस्केक किराहरु मानवीय क्षति नपुगोस भन्दै र सडकमा रहेको खल्डोका कारण कुनै पनि दुर्घटना नहोस । सथै उक्त नाला सरसाफाइ गरेको क्लब अध्यक्ष कृष्ण डगौराले जनकारी दिए। उनले भने -” हामीले यस्को शुरूवात गरेको मात्र हो । वडाकाे सबै ठाँउमा हामीले मात्र सरसफाइ गर्न सम्भव छैन । त्यस्तै सबैले हाम्रो यो पहल कदमी लाई हेर्दै अ-आफ्नो टोल ,सामाजमा उक्त कार्य गर्नु पर्ने बताए। आफ्नो सुरक्षाका लागि आफै एक सक्षम नागरिकको भुमिका खेल्न समेत सम्पुर्णमा अनुरोध गरे ।

सरकारले गरेन वा कुनै क्लबले आफ्नो टोलमा आएर सरसाफाइ गरिदिन भनेर दुखेसो पोख्नु भन्दा पनी आफैले आफ्नो काम गर्ने बताए

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार