वर्षातका कारण भजनीका अधिकांश घर डुवानमा

कैलाली । तीन दिन देखि लगातार परेको वर्षाका कारण कैलालीका धेरै ठाउँ डुवानमा परेका छन ।

बिहिवार देखि परेको उक्त वर्षातका कारण कैलालीको भजनी नगरपालिका नगरपालिकाका विभिन्न टोलहरुमा पसको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण भजनी नगरपालिका-२ पल्टापुर, मोहनपुर र तिनघरुवा टोलहरुमा करीब १२५ घरधुरीमा डुबानमा परेका छन्। त्यहाँको स्थानीय काँडा नदीको बाढी पसेर पल्टापुरका करीब ४० घरधुरी डुबानमा परेका हुन्।

यस्तै भजनी नगरपालिका वडा नम्बर ७ शिबिर टोलका पनि ४० घरमा कान्द्रा नदीको बाढी पसेको छ। भने, वडा नम्बर ८ का खल्ला टोल र पाण्डे टोलका ३७ घरधुरीमा पथरिया नदीको बाढी पसेको बताइएको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार