बर्दगोरियामा अन्तर्राष्ट्रिय मानव अधिकार सन्यन्त्र सम्बन्धि तीन दिने तालिमको सम्पन्न

बर्दगोरिया कैलाली । कैलाली बर्दगोरियामा स्थानीय अगुवा महिला अभियन्ता हरुलाइ अन्तर्राष्ट्रिय मानव अधिकारका सन्यन्त्र सम्बन्धि तीन दिने तालिमको समापन गरिएको छ ।

दलित महिला संघ (ाभमय) कैलालीको आयोजना र ायगलमबतष्यल वगकत कयअष्भतथ (ावक) को सहयोगमा संचालन भएको उक्त तालिमको बुधबार एक कार्यक्रमका बीच तालीमको समापन गरिएको हो ।

“समग्र विकासको अनुरोध, जातीय तथा लैङ्गिक विभेद“ भन्ने मुल नारा सहित शुरु भएको उक्त तीन दिने तालीमको प्रशिक्षण अभिवक्ता गणेश बहादुर कडायतले गरेका हुन ।

तालिममा मानवअधिकार सम्बन्धि बिश्वब्यापी घोषणा पत्र, जातीय भेदभाव गर्ने अन्तर्राष्ट्रिय महासन्धि, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धि, आर्थिक, सामाजिक तथा सास्कृतिक अधिकार सम्बन्धि प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम रहेका थिए ।
तालिममा बर्दगोरिया गाउँपालिकाका करिव २५ जना महिलाको सहभागिता रहेको थियो। तालिम असोज २४ गते देखि २६ गते सम्म गरि तीन दिन सम्म संचालन भएको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार