बर्दगोरिया-६ मा पुर्व सांसद साउदले गरेका बिकासे योजनाको रिपोर्ट

बर्दगोरिया । सुदुरपश्चिम प्रदेशका पुर्व सांसद नन्दबहादुर साउद (राजेन्द्र ) ले कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा मात्रै दर्जनौं कार्ययोजना पूरा गरेका छ्न । उनले आफ्नो ५ वर्षिय कार्यकालमा बर्दगोरिया ६ नम्बर वडामा मात्रै दर्जनौ कार्ययोजना पूरा गरेको पाइएको छ ।

आउँदो मङ्सिर ४ गते हुने निर्वाचनका लागि संयुक्त बाम लोकतान्त्रिक गठबन्धनबाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका साउदले आफ्नो कार्यकालमा यहाँको विकास र समृद्धिका लागि के – कति योगदान गरे ? भनी गरेको खोज अध्ययनबाट यसको तथ्य खुलेको हो ।

माननीय रहदा साउदले बर्दगोरियाका वडा नम्बर ६ मा कृषि हाटबजार, कृषि प्रबर्द्धन ,कृषकलाई अनुदान र यान्त्रिकरण वितरण, धार्मिक तथा सास्कृतिक प्रवर्द्धन र पहिचान ,सडक कालोपत्रे ,पुल निर्माण र विद्यालयको भौतिक पुर्वाधार निर्माणका साथै स्वास्थ्यका क्षेत्रमा विशेष कार्ययोजना पूरा गरेको पाइएको छ ।

तपाईं साङ्सद हुँदा आफ्नो कार्यकालमा जनताको लागि के -कति काम गर्नु भयो ? भन्ने हाम्रो प्रश्नम साउदले आफ्नो ५ वर्षिय कार्यकालमा हरेक घर-घरमा योजना पुर्याउन नसकेपनि हरेक गाउँ ,टोल र वडामा कुनै न कुनै योजना र काम पुर्याएको बताए । उनले जनताको निम्ति गर्नसक्ने धेरै काम र योजना र बजेट बिनियोजन गरेको थिए । थुप्रै योजनाको काम पनि सकिएको छ ,केही योजनाको काम भने स्थानीय स्तरमै भएको ढिलासुस्तीले पूरा भने नभएका हुनसक्छन् ।

प्रदेश सभा सदस्यका उम्मेदवार रहेका साउदलाई फेरि तपाईंको मात्रै उम्मेदवारी किन, जनताले फेरि किन तपाइलाई भोट दिने ? भन्ने प्रश्नमा उनले जनताको लागि आफुले अधि सारेका थुप्रै अधुरा योजना छ्न । ती योजना र कामगर्न का लागि मेरो उम्मेदवारी हो ।

यी हुन बर्दगोरिया ६ को लागि पुर्व साङ्सद नन्द बहादुर साउदले पूरा गरेका कार्ययोजना
१. कोटातुल्सीपुरमा स्वास्थ्य इकाइ र वर्थिङ सेन्टर निर्माण
२. पृथ्वीपुरमा कृषि हाटबजार निर्माण
३. बास्कोटीमा चर्च भवन निर्माण
४. पृथ्वीपुर चोकदेखि छप्पाबाग सडक कालोपत्रे
५. मतघौवा खानेपानी भवन निर्माण र घेरा पर्खाल
६. जोकाईमा डीप बोरिङ
७.रामपुर कृष्ण मन्दिर
८. बास्कोटी स्कुलमा होस्टेल, आइटी ल्याव, घेरापर्खाल र भवन निर्माण
९. विशालनगर सडक कालोपत्रे
१०. जोकाइमा खेरा खेती
११. बास्कोटीमा सामुदायिक भवन
१२.घैलानाला पक्की पुल
१३. रामपुरमा दुइटा तटबन्ध
१४. विशालनगरमा सामुदायिक भवन
१५. गोचाली कृषि सहकारीमा कस्टम हाइजिङ सेन्टर
१६. यात्रु प्रतिक्षालय पृथ्वीपुर
१७. डिप बोरिङ राजिपुर
१८.सन्ज्याल टोलमा रमलो मस्ट मन्दिर निर्माण
१९. बैदिपुरमा शिव मन्दिर निर्माण
२०. सगरमाथा कृषक समुहमार्फत किसानलाई कृषि यान्त्रिक औजार वितरण
२१. राजिपुर संघारी कृषि बचत सहकारी मार्फत किसानलाई कृषि यान्त्रिक औजार वितरण
२२. माछा पोखरी बायो फ्लायाक निर्माण
२३. कृषकलाई बाख्रा अनुदान ,पोखरी व्यवस्थापन र सुधार
२४. साना कृषि सिचाइ अन्तर्गत सोलारसहितको बोरिङ जडान

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार