जनताको विकास र समृद्धिको बाधक प्रतिगमनकारी विरुद्ध अहिलेको चुनावी गठबन्धन हो: साउद

बर्दगोरिया । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र) ले जनताको विकास र समृद्धिको बाधक प्रतिगमनकारी विरुद्ध अहिलेको चुनावी गठबन्धन भएको बताएका छ्न ।

कैलालीको बर्दगोरिया गाउँपालिका ५ मा गठबन्धनले आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन । नेपाली काङ्ग्रेस बर्दगोरिया गाउँ कार्यसमिति सभापति कृष्ण विष्टको सभाध्यक्ष्तामा भएको कार्यक्रममा उनले पछिल्लो समय केही प्रतिगामी तत्वहरु जनताको विकास र समृद्धि मन्चन गरेर नेपाली जनतालाई आश्वासन मात्रै बाढ्ने गरेको हुदा ती सबै कुराको चिरफार गर्न मङ्सिर ४ गते हुने निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार लाई भोट हाल्नुको विकल्प नभएको बताए ।

निवर्तमान सुदुरपश्चिम प्रदेश साङ्सद समेत रहेका साउदले भने – हरेक जनताको घर-घरमा योजना ,विकासका एजेन्डा पुराउन नसकेपनि हरेक वडा वडामा कुनै न कुनै योजना पुर्याएको दावी गरे । उनले बाकी रहेका थुप्रै योजना र अधुरा काम पूरा गर्नका लागि बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट आफू उम्मेदवार बनेको भन्दै सम्पुर्ण नेता ,कार्यकर्ता र आम निर्वाचन क्षेत्र नम्बर २ (ख) का बासी आमाबुबा ,दाजुभाइ तथा दिदिबहिनीलाई चुनाव चिन्ह गोलाकार भित्र हसिया हथौड़ामा भोट हाल्न आग्रह गरे ।

उनले एजेन्डा विहिन केही दलहरु समेत नेपाली जनताको माझमा चुनावी मुलधारमा आएको भन्दै यसप्रति सचेत हुन आग्रह गरे । चुनावी गठबन्धनमा विगत लामो समयदेखि नेपाली राजनीतिमा सक्रिय दलहरू एकै ठाउँमा आएको भन्दै सबैले यसका साझा उम्मेदवारलाई नै भोट गरि चुनाव जिताउन आवश्यक रहेको बताए ।

यही मङ्सिर ४ गते हुने प्रदेश सभा सदस्य तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका साउदले नेपाली जनताको अधिकार स्थापित गर्नका लागि थुप्रै आरोह अबरोह पारगरी आएका पार्टीहरुलाई चुनौती दिने दिन अझैपनी कुनै शक्तिको हातमा नआएको उनले बताए ।

कार्यक्रममा संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ (ख) का संयोजक राम कृष्ण डगौरा थारुले यतिबेला देश चुनावी माहोलमा होमिएको बताउदै सदियौदेखि उत्पीडित वर्ग समुदायको हक अधिकार स्थापित गर्ने पार्टीबिच गठबन्धन भैइ चुनावी मैदानमा उभिएको बेला ,जनतालाई झुक्याउने ,मनोबैज्ञानिक हिसाबले ब्ल्याक मेल गर्ने शक्तिहरु सक्रिय भएका छ्न त्यसैले मेरो पार्टी अरुको पार्टी नभनि सबैले आफ्नो साझा उम्मेदवारलाई भोट हाल्न आवश्यक रहेको बताए ।

बर्दगोरिया गाउँपालिकाका पुर्व अध्यक्ष बलिराम डगौरा थारुको स्वागत मनत्व्यसङ्गै शुरु भएको कार्यक्रममा समाजसेवी रामलाल थारु लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन नेकपा माओवादी केन्द्र बर्दगोरिया ५ का वडा अध्यक्ष राजेश चौधरीले गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार