बर्दगोरिया-६ मा हुन लागेको दिया देवारी सांस्कृतिक कार्यक्रमको तयारी पुरा, आज ७ बजे उद्घाटन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ जगतपुरमा तिहार तथा छठ पर्बको अवसरमा हुन लागेको दिया देवारी सांस्कृतिक कार्यक्रम २०७९ को तयारी पुरा भएको छ ।

भाषा, कला, संस्कृतिके करी सम्मान । भेषभुषा, कला, संस्कृति हमार पहिचान ।। भन्ने मुल नाराका साथ हरेक वर्ष हुँदै आइरहेको उक्त कार्यक्रमको तयारी पुरा भएको आयोज टिमले जानकारी दिएको छ ।

आयोजकका अनुसार कार्यक्रमको आज साझ ७ औपचारिक रुपमा उद्घाटन हुने भएको छ  ।

बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा. लि. को आयोजना तथा श्री जनआकृति बाल क्लबको सहकार्यमा कार्यक्रम हुने बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा. लि.का प्रबन्ध निर्देशक हरेन्द्र चौधरीले जानकारी दिएका छन । कार्यक्रमलाई नेपालकै प्रतिष्ठित कम्पनि चौधरी ग्रुपको सि जी ब्रुअरी प्रा. लि. ले मुख्य प्रायोजकको रुपमा प्रायोजन गरेको छ । यस्तै सह–प्रायोजक बर्दगोरिया क्रसर उद्योग प्रा. लि. कैलाली रहेको छ ।

साथै कार्यक्रममा थारु महालोक गायक मनिराम चौधरी, मोडल रितु चौधरी, डेउडा गायक संसार धामी, गायक बसन्त कुमार महतौं, र्‍यापर पुजारी(अजय) लगायत थुप्रै कलाकारहरुको प्रस्तुति संगै बिभिन्न क्लबको आकर्षक नृत्यहरु प्रस्तुत हुने आयोजकले जानकारी गराएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार