कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यी दुई प्रदेशमा राति पनि हल्का वर्षाको सम्भावना रहेको छ भने  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आइतबार पनि देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ ।  प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा आइतबार पनि हल्का वर्षाको सम्भावना रहेको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार