बर्दगोरिया-६ मा दिया देवारी सांस्कृतिक कार्यक्रम २०७९ हुने

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउंपालिका ६ जगतपुरमा तिहार तथा छठ पर्बको अवसरमा दिया देवारी सांस्कृतिक कार्यक्रम २०७९ हुने भएको छ ।

भाषा, कला, संस्कृतिके करी सम्मान । भेषभुषा, कला, संस्कृति हमार पहिचान ।। भन्ने मुल नाराका साथ हरेक बर्षझैं आयोजना हुने कार्यक्रम यस बर्ष पनि कार्तिक १३ गते आयोजना हुन लागेको हो ।

बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा. लि. को आयोजना तथा श्री जनआकृति बाल क्लबको सहकार्यमा कार्यक्रम हुने बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा. लि.का प्रबन्ध निर्देशक हरेन्द्र चौधरीले जानकारी दिएका छन । कार्यक्रमलाई नेपालकै प्रतिष्ठित कम्पनि चौधरी ग्रुपको सि जी ब्रुअरी प्रा. लि. ले मुख्य प्रायोजकको रुपमा प्रायोजन गरेको छ । यस्तै सह–प्रायोजक बर्दगोरिया क्रसर उद्योग प्रा. लि. कैलाली रहेको छ ।

साथै कार्यक्रममा थारु महालोक गायक मनिराम चौधरी, मोडल रितु चौधरी, डेउडा गायक संसार धामी, गायक बसन्त कुमार महतौं, ¥यापर पुजारी(अजय) लगायत थुप्रै कलाकारहरुको प्रस्तुति संगै बिभिन्न क्लबको आकर्षक नृत्यहरु प्रस्तुत हुने आयोजकले जानकारी गराएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार