दोदोधरा अस्पतालले तिहारको विदामा पनि नियमित उपचार सेवा दिने

बर्दगोरिया । तिहारको विदामा कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको दोदोधरा अस्पतालले स्वास्थ्य सेवालाई नियमित गरेको छ । नागरिकको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन दोदोधरा अस्पतालले नियमित सेवा संचालन गरेको हो ।

अस्पतालका जनस्वास्थ्य निरीक्षक कृष्ण देव जोशीका अनुसार सार्वजनिक बिदाको समयमा अस्पताल बन्द हुँदा नागरिक बिरामी हुँदा कुनै असुविधा नहोस र टाढा जानुपर्ने बाध्यता अन्त्य गर्दै घरदैलोमा नै स्वास्थ्य सेवा पुर्याउने उदेश्यका साथ अस्पतालबाट हुने सबैसेवा नियमित गरिएको हो ।

तिहारको अबसरमा सरकारले दिएको सार्बजनिक बिदाको दिन यहि कार्तिक ७ देखि १३ गतेसम्म बिहान १० देखि दिउँसो २ बजेसम्म अस्पतालबाट नियमित सेवा नागरिकलाई दिइनेछ । यसैगरी आकस्मिक सेवा ,प्रसुती सेवा २४ सै घन्टा संचालन गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालकाअनुसार सार्बजनिक बिदाको समयमा चिकित्सकहरुले पालो मिलाएर नागरिकलाई सेवा दिने व्यवस्था मिलाइएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार