ब्रेकिङ न्युज

Featured posts

बर्दगोरियामा अन्तर्राष्ट्रिय मानव अधिकार सन्यन्त्र सम्बन्धि तीन दिने तालिमको सम्पन्न

बर्दगोरियामा अन्तर्राष्ट्रिय मानव अधिकार सन्यन्त्र सम्बन्धि तीन दिने तालिमको सम्पन्न

बर्दगोरिया कैलाली । कैलाली बर्दगोरियामा स्थानीय अगुवा महिला अभियन्ता हरुलाइ अन्तर्राष्ट्रिय मानव अधिकारका सन्यन्त्र सम्बन्धि तीन दिने तालिमको समापन गरिएको छ । दलित महिला संघ (ाभमय) कैलालीको आयोजना र ायगलमबतष्यल वगकत कयअष्भतथ (ावक) को सहयोगमा संचालन भएको उक्त तालिमको बुधबार एक कार्यक्रमका बीच तालीमको समापन गरिएको हो । “समग्र विकासको अनुरोध, जातीय तथा लैङ्गिक विभेद“ भन्ने मुल नारा सहित शुरु भएको उक्त तीन दिने तालीमको प्रशिक्षण अभिवक्ता गणेश बहादुर कडायतले गरेका हुन । तालिममा मानवअधिकार सम्बन्धि बिश्वब्यापी घोषणा पत्र, जातीय भेदभाव गर्ने अन्तर्राष्ट्रिय महासन्धि, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धि, आर्थिक, सामाजिक तथा सास्कृतिक अधिकार सम्बन्धि प्रशिक्षण दिइएको थियो । कार्यक्रममा…
पुरा पढ्नुहाेस्
श्री जनजागरण युवा क्लबले गर्‍यो बर्दगोरिया-६ मा सरसफाइ

श्री जनजागरण युवा क्लबले गर्‍यो बर्दगोरिया-६ मा सरसफाइ

बर्दगोरिया (कैलाली)। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ पृथ्वीपुरमा रहेको श्री जनजागरण युवा क्लबले एक उदाहरणीय कार्य गरेको छ । पालिकाको वडा नम्बर ६ मा रहेको उक्त क्लबले आफ्नो गाउँमा रहेको चोक सारसफाइ , सडकमा भएको खाल्डा खुल्डी पटानी र नाला सरसाफाइ गरि एक उदाहरणीय कार्य गरेको छ । विभिन्न सामाजिक क्षेत्रमा अफ्नो सक्रियता देखाउदै उदाहरणीय कार्य पाइएकाे छ । जसानुसार आज मात्र क्लबले वडामा रहेको ६ मा पृथ्वीपुर बिशराम प्रतीक्षालाय देखि गुर्ही चोक सम्म सडकमा परेका खाल्डा खुल्डी मार्मत, तथा गाउँको भित्र चोक देखि लिएर राजिपुर गाउँमा जाने बाटो सम्म सरसाफाइ गरेको हो । बर्षातको समयमा नालामा पानी जमेर…
पुरा पढ्नुहाेस्
नागरिक उन्मुक्ति पार्टि छाेडेर स्वतन्त्र उम्मेदवारी दिदै थारु

नागरिक उन्मुक्ति पार्टि छाेडेर स्वतन्त्र उम्मेदवारी दिदै थारु

राजेन्द्र रावल २२, असोज २०७९ कैलाली । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य सन्तु डगाैरा थारुले आफुले पार्टी परित्याग गरेको जानकारी दिनु भएको छ । थारुका अनुसार पार्टी भित्र पछिल्लो समय माैलाउदै गएको बिकृतिका कारणले आफुले पार्टी परित्याग गर्न लागेको जानकारी दिनुभएको छ । थारुले हामीलाई दिएको जानकारी अनुसार पार्टीले आफुहरुलाई पार्टी निर्माणका बेला प्रयोग गरेको र अहिले चुनावको समयमा व्यवास्था गर्न लागेकाले आफुले पार्टी छाेड्न लागेको जानकारी दिनुभएको छ । थारु यश अघि नेकपा माओवाद केन्द्रमा लामो समयदेखि राजनीति गर्दै आइरहनु भएको एक परिचित अनुहार हुनुहुन्छ । नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्नु अघि थारुले नेकपा माओवाद केन्द्रमा लामो समय राजनीति…
पुरा पढ्नुहाेस्
वर्षातका कारण भजनीका अधिकांश घर डुवानमा

वर्षातका कारण भजनीका अधिकांश घर डुवानमा

कैलाली । तीन दिन देखि लगातार परेको वर्षाका कारण कैलालीका धेरै ठाउँ डुवानमा परेका छन । बिहिवार देखि परेको उक्त वर्षातका कारण कैलालीको भजनी नगरपालिका नगरपालिकाका विभिन्न टोलहरुमा पसको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण भजनी नगरपालिका-२ पल्टापुर, मोहनपुर र तिनघरुवा टोलहरुमा करीब १२५ घरधुरीमा डुबानमा परेका छन्। त्यहाँको स्थानीय काँडा नदीको बाढी पसेर पल्टापुरका करीब ४० घरधुरी डुबानमा परेका हुन्। यस्तै भजनी नगरपालिका वडा नम्बर ७ शिबिर टोलका पनि ४० घरमा कान्द्रा नदीको बाढी पसेको छ। भने, वडा नम्बर ८ का खल्ला टोल र पाण्डे टोलका ३७ घरधुरीमा पथरिया नदीको बाढी पसेको बताइएको छ।
पुरा पढ्नुहाेस्
आज बडा दसैं, टीका लगाउने शुभ साइत ११:५१ बजे

आज बडा दसैं, टीका लगाउने शुभ साइत ११:५१ बजे

काठमाडौं । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।  दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः५१ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन…
पुरा पढ्नुहाेस्
दशैंको टीका लगाउने उत्तम साइत बिहान ११:५१ बजे

दशैंको टीका लगाउने उत्तम साइत बिहान ११:५१ बजे

काठमाडौं । यस वर्षको बडा दशैंको साइत टीका लगाउने साइत बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ । समितिका अनुसार भोलि असोज १९ गते १० बजेर ३४ मिनेटमा देवी विसर्जन गर्ने र ११ः५१ टिका लगाउँदा उत्तम हुने जनाएको छ । यद्यपि टिकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा भए पनि दिन दिनभर नै टिका ग्रहणको लागि उपयुक्त रहेको समितिले जनाएको छ ।
पुरा पढ्नुहाेस्
आज नवरात्रको नवौँ दिन

आज नवरात्रको नवौँ दिन

काठमाडौं । आज नवरात्रको नवौँ दिन । दसैँ घर तथा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ देवी अर्थात् सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा छ । नवदुर्गा गणकी एउटी देवीको नाम सिद्धिदात्री पनि हो । सम्पूर्ण मुमुक्षुलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिएको श्रीमद्देवीभागवतलगायत ग्रन्थमा उल्लेख छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरुद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिएको हो । यिनी नवदुर्गा गणकी नवौँ देवी हुन् । देवीका नौ नाम ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताएको पौराणिक कथन छ ।…
पुरा पढ्नुहाेस्
आज बडादसैँको आठौँ दिन, महाअष्टमी पर्व

आज बडादसैँको आठौँ दिन, महाअष्टमी पर्व

काठमाडौँ । आज बडादसैँको आठौँ दिन । मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ । काठमाडौं। आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैँका रुपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन्। आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ। दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ। विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा…
पुरा पढ्नुहाेस्
बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

१५, असोज २०७९ बर्दगोरिया (कैलाली) । बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा बडा दशै, शुभ दिपावली तथा छट पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार बजार व्यवस्थापन समितिको सभा हलमा उक्त शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहेका थिए । यस्तै कार्यक्रममा विशिष्ट अतिथि बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरी रहेका थिए । यस्तै कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर १ देखि ६ सम्मका वडा अध्यक्ष, पुर्व वडा अध्यक्ष भेखु चौधरी, विभिन्न पार्टीका अध्यक्ष तथा प्रतिनिधिहरु, समाजसेवी, पुर्व बजार व्यवस्थापन समितिका अध्यक्ष तथा पुर्वा पदाधिकारी लगाएको सहभागिता रहेको थियो । यस्तै कार्यक्रम…
पुरा पढ्नुहाेस्
सडकपुर बौनिया युवा क्लबको आयोजनामा दशै मिलन तथा शुभकामना आदन-प्रदान कार्यक्रम सम्पन्न

सडकपुर बौनिया युवा क्लबको आयोजनामा दशै मिलन तथा शुभकामना आदन-प्रदान कार्यक्रम सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा दशै मिलन तथा शुभकामना आदन-प्रदान कार्यक्रम सम्पन्न भएको छ । सडकपुर बौनिया युवा क्लबको आयोजनामा उक्त दशै मिलन तथा शुभकामना आदन-प्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहेका थिए । यस्तै विशिष्ट अतिथि पालिका उपाध्यक्ष गणेश राज गिरी रहेका थिए । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै प्रमुख अतिथी कर्ण बहादुर कुँवरले यस युवा क्लबले स्तर उन्नतिका लागि बर्दगोरिया गाउँपालिका पुर्ण रुपमा सहयोग गर्ने बताए । यश युवा क्लबले बौनिया बजार मात्र नभई सम्पुर्ण पालिकाका युवाहरूलाई समेट्नु पर्ने बताए । यश पालिकाका थुप्रै युवाहरु लागू औषध दुर्व्यसैनिमा…
पुरा पढ्नुहाेस्