ब्रेकिङ न्युज

Featured posts

बर्दगोरियामा स्थानीय न्यायिक निकाय र सामाजिक अभियन्ताबिच सम्बाद कार्यक्रम सम्पन्न

बर्दगोरियामा स्थानीय न्यायिक निकाय र सामाजिक अभियन्ताबिच सम्बाद कार्यक्रम सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरियामा स्थानीय न्यायिक निकाय र सामाजिक अभियन्ताबिच सामाजिक न्याय प्रबर्द्धनका लागि सम्बाद कार्यक्रम सम्पन्न भएको छ । बिहिवार दलित महिला संघ फेडो( कैलाली) को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । संघकि अध्यक्ष सविना सुनारको सभाध्यक्षतामा भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका, न्यायीक समिति सदस्य बसन्ती साउद र हिक्मत कडायतले पालिकाभित्र भइरहेका न्यायिक गतिविधि ,यसको प्रक्रिया र सहभागिता बारे जानकारी दिएका थिए । उनीहरूले स्थानीय तहमा हुने न्यायीक समिति भनेको के हो ? यसको क्षेत्राधिकार के - के हुन ? भन्ने विषयमा जानकारी गराएका थिए । समाजमा विद्यमान रहेको असमानता हटाइ समानता, स्वतन्त्रता, अर्थपूर्ण सहभागिता, अधिकारको प्राप्ति, सामाजिक-सांस्कृतिक न्याय, सम्पत्ति,…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा जारी फुटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरणका खेलहरु पूरा

बर्दगोरियामा जारी फुटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरणका खेलहरु पूरा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा आइतबारदेखि शुरु भएको पाचौं बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सडकपुर बौनिया युवा क्लबको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत बिहिवार क्वाटर फाइनलका खेलहरु सम्पन्न भएसंगै सेमिफाइनल समीकरण पूरा भएको हो । आजको अन्तिम क्वाटर फाइनल खेलमा देविदल गण तेघरी (आर्मी) ले बिवाईसि बछुरियालाई ४-० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्यो । सेमिफाइनलमा नेपाल आर्मी, कोहलपुरको राइजिङ सहारा क्ल्व ,सडकपुर बौनिया युवा क्लब (बि) ,ब्वाइज युनियन लम्की पुगेका छ्न । शुक्रबार दिउँसो साढे २ बजे हुने सेमिफाइनलमा नेपाल आर्मीको देविदल गण तेघरी र आयोजक सडकपुर बौनिया युवा क्लबका बिच…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा फुटबल जारी; राइजिङ साहारा कोहलपुर र सडकपुर बौनिया युवा क्लब (बि) सेमिफाइनलमा प्रवेश

बर्दगोरियामा फुटबल जारी; राइजिङ साहारा कोहलपुर र सडकपुर बौनिया युवा क्लब (बि) सेमिफाइनलमा प्रवेश

बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिकामा जारी ५ औं बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगितामा क्वाटर फाइनल समीकरणको आज दुई खेल सम्पन्न भएका छन । जसमा आज बुधबार भएको पहिलो राइजिङ साहारा कोहलपुर र घोडाघोडि क्लब सुखड बीच भएको थियो । राइजिङ साहारा कोहलपुरले घोडाघोडि क्लब सुखड लाई ३/१ को अन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । यस्तै आज नै भएको अर्को क्वाटरफाइनल खेलमा आयोजक सडकपुर बौनिया युवा क्लब ( बि) ले शान्ती युवा क्लब बागमारालाई ३/० को अन्तरले हराउँदै सेमिफाइनलको आत्रा लय गरेको हो ।
पुरा पढ्नुहाेस्
देशभर आज र भोली बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइदैं

देशभर आज र भोली बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइदैं

काठमाडौं । नेपाल सरकारले देशभरका बालबालिकालाई आज र भोली जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारले देशभरका ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाईदै छ । बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ । भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो । वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ ।
पुरा पढ्नुहाेस्
सुदूरपश्चिम लगाएत देशभरका केहि भू–भागमा आंशिक बदली

सुदूरपश्चिम लगाएत देशभरका केहि भू–भागमा आंशिक बदली

काठमाडौं । आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू(भागमा सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको आज देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू(भागमा सामान्यतया सफा रहेने भएको हो । आज दिउँसो देशको पहाडी भू–भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। तराइमा भने आज मौसम सामान्यतया सफा नै रहन्छ । भोलि भने सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। देशको पहाडी भू–भागको एक–दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ।
पुरा पढ्नुहाेस्
बाम लोकतान्त्रिक गठबन्धन कैलाली क्षेत्र नम्बर २ (ख) को क्षेत्रीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

बाम लोकतान्त्रिक गठबन्धन कैलाली क्षेत्र नम्बर २ (ख) को क्षेत्रीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा बाम लोकतान्त्रिक गठबन्धन कैलाली क्षेत्र नम्बर २ (ख) को क्षेत्रीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सोमबार आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनलाई लक्ष्यित गर्दै बाम लोकतान्त्रिक गठबन्धन कैलाली क्षेत्र नम्बर २ (ख) मा उक्त अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रममा मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ को प्रतिनिधि तथा प्रदेश सभा सदस्यलाई कसरी विजयी गराउने बिषयमा अगुवा नेता कार्यकर्तालाई प्रशिक्षण दिइएको थियो । संयुक्त बाम…
पुरा पढ्नुहाेस्
राजनीतिको नाममा खुद्रा पसल जस्तो पार्टी खोलेर व्यवसाय चलाउनेहरुलाई गठबन्धनले देशभर बाट बढार्ने छ; नन्द बहादुर साउद

राजनीतिको नाममा खुद्रा पसल जस्तो पार्टी खोलेर व्यवसाय चलाउनेहरुलाई गठबन्धनले देशभर बाट बढार्ने छ; नन्द बहादुर साउद

बर्दगोरिया । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र) ले राजनीतिको नाममा खुद्रा पसल जस्तो पार्टी खोलेर व्यवसाय चलाउनेहरुलाई गठबन्धनले देशभर बढार्ने बताएका छन । सोमबार कैलालीको बर्दगोरियामा निर्वाचन क्षेत्र नम्बर २ (ख) अन्तर्गत बाम लोकतान्त्रिक गठबन्धनको सयुक्त क्षेत्रीय अगुवा कार्यकर्या भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । राष्ट्रिय पार्टीहरु समेत गठबन्धन गरि चुनावी मैदानमा उत्रिएको बेला केही स-साना क्षेत्रीय पार्टीहरुले चुनाव जित्छौ र आफ्नो सरकार बनाउछौ भन्ने कुरा दिवा सपना मात्रै भएको बताए । यही मङ्सिर ४ गते हुने प्रदेश सभा सदस्य तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका…
पुरा पढ्नुहाेस्
समानुपातिक बन्द सूचीमा रहेका ४३९ जनाले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने

समानुपातिक बन्द सूचीमा रहेका ४३९ जनाले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक बन्द सूचीमा रहेका ४३९ जनालाई जरिवाना बुझाई बन्दसूचीबाट आफ्नो नाम हट्ने आग्रह गरेको छ । आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई कार्तिक ५ गते सम्मको समय भित्र जरिवाना बुझाई बन्दसूचीबाट आफ्नो नाम हट्ने आग्रह गरेको हो । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएका ४३९ उम्मेदवारले जरिवाना बुझाउनुपर्ने भएको हो । निर्वाचन आयोगका अनुसार कार्तिक ५ गते सम्मको समय भित्र जरिवाना बुझाए उम्मेदवारको नाम बन्दसूचीबाट हट्ने छ ।
पुरा पढ्नुहाेस्
यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । आज देशभरको मौसममा सामान्यतया सफा रहने छ । जसकारण पश्चिमी पहाडीबाहेक देशभरको मौसम सफा रहेको छ । दिउँसो सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णालीका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ । मंगलबार दिउँसो सुदूरपश्चिम र कर्णाली लगायत पहाडी भूभागको एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। बुधबार पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पुरा पढ्नुहाेस्
बर्दगोरियाका कर्मचारीको टिमलाई हराउँदै पत्रकारको टिम विजयी

बर्दगोरियाका कर्मचारीको टिमलाई हराउँदै पत्रकारको टिम विजयी

बर्दगोरिया गाउँपालिकाको टिमलाई हराउँदै पत्रकारको टिम विजयी बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउपालिकामा जारी बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पत्रकारको टिम विजयी भएको छ । सडकपुर बौनिया युवा क्लबको आयोजनामा भईरहेको उक्त बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पत्रकारको टिम विजयी भएको हो । उद्घाटन खेलमा बर्दगोरिया गाउँपालिकाका कर्मचारी र बर्दगोरिया गाउँपालिकाका पत्रकार बीच मैत्रीपुर्ण खेल भएको थियो। उक्त मैत्रीपुर्ण खेलमा बर्दगोरिया गाउँपालिकाका कर्मचारीलाई २-१ गोलको  अन्तरले हराउँदै विजयी भएको हो । खेलको आज एक कार्यक्रमका बिच बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले उद्घाटन गरेका हुन । प्रतियोगितामा मा १२ वटा…
पुरा पढ्नुहाेस्