बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिकामा जारी ५ औं बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगितामा क्वाटर फाइनल समीकरणको आज दुई खेल सम्पन्न भएका छन ।
जसमा आज बुधबार भएको पहिलो राइजिङ साहारा कोहलपुर र घोडाघोडि क्लब सुखड बीच भएको थियो । राइजिङ साहारा कोहलपुरले घोडाघोडि क्लब सुखड लाई ३/१ को अन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।
यस्तै आज नै भएको अर्को क्वाटरफाइनल खेलमा आयोजक सडकपुर बौनिया युवा क्लब ( बि) ले शान्ती युवा क्लब बागमारालाई ३/० को अन्तरले हराउँदै सेमिफाइनलको आत्रा लय गरेको हो ।