बर्दगोरियामा जारी फुटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरणका खेलहरु पूरा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा आइतबारदेखि शुरु भएको पाचौं बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

सडकपुर बौनिया युवा क्लबको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत बिहिवार क्वाटर फाइनलका खेलहरु सम्पन्न भएसंगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

आजको अन्तिम क्वाटर फाइनल खेलमा देविदल गण तेघरी (आर्मी) ले बिवाईसि बछुरियालाई ४-० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्यो । सेमिफाइनलमा नेपाल आर्मी, कोहलपुरको राइजिङ सहारा क्ल्व ,सडकपुर बौनिया युवा क्लब (बि) ,ब्वाइज युनियन लम्की पुगेका छ्न ।

शुक्रबार दिउँसो साढे २ बजे हुने सेमिफाइनलमा नेपाल आर्मीको देविदल गण तेघरी र आयोजक सडकपुर बौनिया युवा क्लबका बिच खेल हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख २५ ह्जार सहित ट्रफी ,मेडल र प्रमाणपत्र साथै दोस्रो हुने टिमले नगद १ लाख १५ ह्जार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी ब्यक्तिगत बिद्यातर्फ उत्कृष्ट खेलाडीले नगद १५ ह्जार प्राप्त गर्दा,उत्कृष्ट डिफेन्स्क,उत्कृष्ट गोल रक्षक, उदयिमान खेलाडी र सर्बाधिक गोल कर्ता ले नगद १०/१० ह्जार प्राप्त गर्ने छन ।

प्रतियोगिता कार्तिक ६ गतेसम्म चल्नेछ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार