बर्दगोरियामा स्थानीय न्यायिक निकाय र सामाजिक अभियन्ताबिच सम्बाद कार्यक्रम सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरियामा स्थानीय न्यायिक निकाय र सामाजिक अभियन्ताबिच सामाजिक न्याय प्रबर्द्धनका लागि सम्बाद कार्यक्रम सम्पन्न भएको छ । बिहिवार दलित महिला संघ फेडो( कैलाली) को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

संघकि अध्यक्ष सविना सुनारको सभाध्यक्षतामा भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका, न्यायीक समिति सदस्य बसन्ती साउद र हिक्मत कडायतले पालिकाभित्र भइरहेका न्यायिक गतिविधि ,यसको प्रक्रिया र सहभागिता बारे जानकारी दिएका थिए ।

उनीहरूले स्थानीय तहमा हुने न्यायीक समिति भनेको के हो ? यसको क्षेत्राधिकार के – के हुन ? भन्ने विषयमा जानकारी गराएका थिए ।

समाजमा विद्यमान रहेको असमानता हटाइ समानता, स्वतन्त्रता, अर्थपूर्ण सहभागिता, अधिकारको प्राप्ति, सामाजिक-सांस्कृतिक न्याय, सम्पत्ति, स्रोतसाधन, सुविधा, अवसर र लाभको न्यायोचित वितरणमा समान हिस्सेदारी, अंशियारी एवं साझेदारी प्राप्त गर्ने अवधारणा नै सामाजिक न्याय हो भएको बारेमा प्रकाश पारेका थिए ।

समाजमा रहेका विभेद ,हिंसा ,उत्पीडित, उपेक्षित वा पछाडि परेका वा पारिएका व्यक्ति वा समूहहरूलाई सबै प्रकारका सामाजिक लाभ वा अवसर समान रूपमा प्रदान गर्ने तथा सामाजिक, राजनीतिक, आर्थिक विभेदहरूको अन्त्य गर्ने विषय नै सामाजिक न्याय भएको हुँदा यसप्रति सचेतना जगाउन कार्यक्रम गरिएको दलित महिला संघ (फेडो) कैलालीकि सदस्य अम्बिका ताम्राकारले बताइन ।

उमले स्थानीय तहमा भएका न्यायीक समिती यसको कामकारबाही र प्रभावकारीतका बारेमा नागरिकलाई अझैसम्म पनि राम्रोसँग जानकारी नभएको हुँदा यसप्रति सचेतता जगाउन कार्यक्रम संचालन गरिएको बताइन ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि ,संघसङ्ग आवद महिला समुह लगाएतको उपस्थिति रहेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार