समानुपातिक बन्द सूचीमा रहेका ४३९ जनाले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक बन्द सूचीमा रहेका ४३९ जनालाई जरिवाना बुझाई बन्दसूचीबाट आफ्नो नाम हट्ने आग्रह गरेको छ ।

आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई कार्तिक ५ गते सम्मको समय भित्र जरिवाना बुझाई बन्दसूचीबाट आफ्नो नाम हट्ने आग्रह गरेको हो ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएका ४३९ उम्मेदवारले जरिवाना बुझाउनुपर्ने भएको हो ।

निर्वाचन आयोगका अनुसार कार्तिक ५ गते सम्मको समय भित्र जरिवाना बुझाए उम्मेदवारको नाम बन्दसूचीबाट हट्ने छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार