सुदूरपश्चिम लगाएत देशभरका केहि भू–भागमा आंशिक बदली

काठमाडौं । आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू(भागमा सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको आज देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू(भागमा सामान्यतया सफा रहेने भएको हो ।

आज दिउँसो देशको पहाडी भू–भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। तराइमा भने आज मौसम सामान्यतया सफा नै रहन्छ ।

भोलि भने सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। देशको पहाडी भू–भागको एक–दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार