बर्दगोरियाका कर्मचारीको टिमलाई हराउँदै पत्रकारको टिम विजयी

बर्दगोरिया गाउँपालिकाको टिमलाई हराउँदै पत्रकारको टिम विजयी

बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउपालिकामा जारी बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पत्रकारको टिम विजयी भएको छ ।

सडकपुर बौनिया युवा क्लबको आयोजनामा भईरहेको उक्त बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पत्रकारको टिम विजयी भएको हो ।

उद्घाटन खेलमा बर्दगोरिया गाउँपालिकाका कर्मचारी र बर्दगोरिया गाउँपालिकाका पत्रकार बीच मैत्रीपुर्ण खेल भएको थियो।
उक्त मैत्रीपुर्ण खेलमा बर्दगोरिया गाउँपालिकाका कर्मचारीलाई २-१ गोलको  अन्तरले हराउँदै विजयी भएको हो ।

खेलको आज एक कार्यक्रमका बिच बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले उद्घाटन गरेका हुन ।

प्रतियोगितामा मा १२ वटा टिमको सहभागी रहेको थियो । प्रतियोगिताको प्रथम खेल आयोजना सडकपुर युवा क्लब र कट्टीपुर युवा क्लब बीच भइरहेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार