बाम लोकतान्त्रिक गठबन्धन कैलाली क्षेत्र नम्बर २ (ख) को क्षेत्रीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा बाम लोकतान्त्रिक गठबन्धन कैलाली क्षेत्र नम्बर २ (ख) को क्षेत्रीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनलाई लक्ष्यित गर्दै बाम लोकतान्त्रिक गठबन्धन कैलाली क्षेत्र नम्बर २ (ख) मा उक्त अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

प्रशिक्षण कार्यक्रममा मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ को प्रतिनिधि तथा प्रदेश सभा सदस्यलाई कसरी विजयी गराउने बिषयमा अगुवा नेता कार्यकर्तालाई प्रशिक्षण दिइएको थियो ।

संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ (ख) का संयोजक राम कृष्ण डगौरा थारुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीका अगुवा नेता गणहरुले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा गठबन्धनका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार कमल बहादुर शा, क्षेत्र नम्बर २ (ख) प्रदेश सभा सदस्य पदका उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र) एकीकृत समाजवादीका राजेश मयाल (अग्निशिका), एकीकृत समाजवादी तर्फबाट निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य बसन्ती कुमारी डगौरा, नेकपा माओवादी केन्द्र निर्वाचन क्षेत्र नम्बर २ (ख) समानुपातिक तर्फ बाट प्रदेश सभा सदस्य पुजा बुढा मगर, एकीकृत समाजवादीका कर्ण जैशी, नेपाली काङ्ग्रेसका हेम बहादुर रावल, नेकपा (माओवादी केन्द्र) केन्द्रिय सदस्य बिमला शाहा लगाएका नेता कार्यकर्ताले भनाई राखेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार