राजनीतिको नाममा खुद्रा पसल जस्तो पार्टी खोलेर व्यवसाय चलाउनेहरुलाई गठबन्धनले देशभर बाट बढार्ने छ; नन्द बहादुर साउद

बर्दगोरिया । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र) ले राजनीतिको नाममा खुद्रा पसल जस्तो पार्टी खोलेर व्यवसाय चलाउनेहरुलाई गठबन्धनले देशभर बढार्ने बताएका छन ।

सोमबार कैलालीको बर्दगोरियामा निर्वाचन क्षेत्र नम्बर २ (ख) अन्तर्गत बाम लोकतान्त्रिक गठबन्धनको सयुक्त क्षेत्रीय अगुवा कार्यकर्या भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । राष्ट्रिय पार्टीहरु समेत गठबन्धन गरि चुनावी मैदानमा उत्रिएको बेला केही स-साना क्षेत्रीय पार्टीहरुले चुनाव जित्छौ र आफ्नो सरकार बनाउछौ भन्ने कुरा दिवा सपना मात्रै भएको बताए ।

यही मङ्सिर ४ गते हुने प्रदेश सभा सदस्य तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका साउदले नेपाली जनताको अधिकार स्थापित गर्नका लागि थुप्रै आरोह अबरोह पारगरी आएका पार्टीहरुलाई चुनौती दिने दिन अझैपनी कुनै शक्तिको हातमा नआएको भन्दै त्यस्ता तत्व,शक्ति र पार्टीलाई गठबन्धनले मङ्सिर ४ गतेहुने चुनावबाट देशैभरीबाट बढार्ने बताए ।

निवर्तमान सुदुरपश्चिम प्रदेश साङ्सद समेत रहेका साउदले भोटको आधारलाई मात्रै गणना गर्ने हो भनेपनि आफ्नो र बाम गठबन्धनको जित ७० प्रतिशत भइसकेको बताए । जित हाम्रो सुनिश्चित भइसकेको छ, उनले भने – सबै साथीहरूले इमानदारीता तोड्नु हुनेछैन, अनुशासन र नैतिकताको हिसाबले पनि गठबन्धनमै भोट हाल्नु जरुरी देखिन्छ ।

प्रदेश सभा सदस्य उम्मेदवार साउदले भने – यतिबेला देश चुनावी माहोलमा होमिएको छ, सदियौदेखि उत्पीडित वर्ग समुदायको हक अधिकार स्थापित गर्ने पार्टीबिच गठबन्धन भैइ चुनावी मैदानमा उभिएको बेला ,जनतालाई झुक्याउने ,मनोबैज्ञानिक हिसाबले ब्ल्याक मेल गर्ने शक्तिहरु सक्रिय भएका छ्न त्यसैले मेरो पार्टी अरुको पार्टी नभनि सबैले आफ्नो साझा उम्मेदवारलाई भोट हाल्न आवश्यक छ ।

एक अर्को प्रसङ्गमा साउदले भने आफू यसअघि पनि जनताको माया र भोटले साङ्सद बनिसकेको भन्दै हरेक जनताको घर-घरमा योजना ,विकासका एजेन्डा पुराउन नसकेपनि हरेक वडा वडामा कुनै न कुनै योजना पुर्याएको दावी गरे । उनले बाकी रहेका थुप्रै योजना र अधुरा काम पूरा गर्नका लागि बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट आफू उम्मेदवार बनेको भन्दै सम्पुर्ण नेता ,कार्यकर्ता र आम निर्वाचन क्षेत्र नम्बर २ (ख) का बासी आमाबुबा ,दाजुभाइ तथा दिदिबहिनीलाई चुनाव चिन्ह गोलाकार भित्र हसिया हथौड़ामा भोट हाल्न आग्रह गरे ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार