तराईमा हुस्सु, पहाडी भूभागमा आंशिक बदली

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसका कारण पहाडी भूभागमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ ।

यस्तै आज दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाका अनुसार प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बुधबार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ । प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार