घोडाघोडीमा पनि सडक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन सुरु

घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिकाले पनि सडक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको छ ।

नगरपालिकाले पूर्व पश्चिम राजमार्ग अन्तरगत वडा नम्बर २ को  सुक्तिकाडाँ देखी सडक क्षेत्रका संरचना भत्काउन सुरु गरीएको हो ।

पटक पटक सूचना जारी गर्दासमेत हटाउन अटेर गरेपछि नगरपालिकाले डोजर प्रयोग गरी संरचना हटाउन थालिएको घोडाघोडी नगरपालिकाले जनाएको छ । सवारी दुर्घटना न्यूनीकरण कम गर्न तथा स्वच्छ, सफा र सुन्दर नगरपालिका बनाउन सडकमा रहेका सबै प्रकारका अतिक्रमण हटाउने काम थालिनी सुरु गरीएको नगरप्रमुख खडक बहादुर रावतले बताए ।

सडक क्षत्रेमा पर्ने सबै प्रकारका अतिक्रमण हटाई सहयोग गरिदिन हुन उनले सबैमा आग्रह समेत गरेका छन् । नगरपालिका भित्र पर्ने पूर्व पश्चिम राजमार्गको २५-२५ मिटर भित्रका संरचनाहरू हटाइने उनले बताए । सडक विस्तार गर्न नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतको टोली फिल्डमा खटिएको छ ।

स्थानीयले अटेर गरेपछि बुधवार डोजर प्रयोग गरेर घर टहरा, छाप्रा भत्काइएको प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आर्याले जानकारी दिए । पूर्व पश्चिम राजमार्ग अन्तरगत  वडा नम्बर २ को  सुक्तिकाडाँ देखी वडा नम्बर १० को आमखौया सम्मको सडक सम्म बनेका अनेक संरचना भत्काइने उनले बताए । साँघुरो सडकका कारण अस्तव्यस्त हुन थालेपछि नगरपालिकाले सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार