संयुक्त दलित कृषि अभियान सहकारी संस्था लिमिटेडको ८ औ बार्षिक साधारण सभा सम्पन्न

लम्की कैलाली । संयुक्त दलित कृषि अभियान सहकारी संस्था लिमिटेडको ८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । लम्कीचुहा नगरपालिका वडा नं.१ मा रहेको सहकारी संस्थाको ८ औ बार्षिक साधारण सभा शनिवार एक कार्यक्रमका बिच  सम्पन्न भएको हो ।

सहकारी संस्थाका अध्यक्ष चन्द्र बहादुर बि.क को अध्यक्षतामा आयोगित बार्षिक साधारण सभाका प्रमुुख अथिति लम्कीचुहा नगरपालिका नगर प्रमुख सुशिला शाही रहेकी थिइन ।

कार्यक्रममा बोल्दै नगर प्रमुख शाहीले सहकारी संस्थाले जनमुखी कार्यक्रम ल्याए त्यसलाई कार्यन्वयन गर्ने गर्ने जिम्मा नगरपालिकाको हुने बताएकी छन ।
कार्यक्रमको बिशिष्ट अथितिमा लम्कीचुहा नगरपालिकाकी नगर उपप्रमुख जुना चौधरी रहेकी थिइन । अथितिमा वडा नं.१ का वडाअध्यक्ष नेत्र प्रसाद खनाल,कार्यपालिका सदस्य उजिर सिह सुनार,कोकिला देबल,ज्योति बि.क,वडा नं.६ का वडासदस्य सिता बि.क ,समाजसेबि राजेश मयाल,रमा बादी बिष्ना बि.सि लगायतका रहेका थिए ।

कार्यक्रमको सञ्चालन कार्यसमिति सचिव कमान सिह बि.कले गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार