पथरिया सामुदायिक बनको १५ औं वार्षिक साधारण शभा तथा सार्बजनिक सुनुवाई सम्पन्न

१६, पौष बर्दगोरिया । कैलालीको लम्कीचुहा नगरपालिका वडा नमूना ८ मा रहेको पथरिया सामुदायिक बन उपभोक्ता समुहको १५ औं वार्षिक साधारण शभा तथा सार्बजनिक सुनुवाई कार्यक्रम सनिवार सम्पन्न भएको छ ।

सामुदायिक बनका अध्यक्ष भद्र बिस्टको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी लम्की चुहा नगरपालिका वडा नम्बर १० अध्यक्ष हर्क कठरिया रहनु भएको थियो ।

सदस्य चेतराज जोशिको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा पुर्ब अध्यक्ष  बल बहादुर बिस्ट , त्रिबेणि बहुउद्देश्यीय सहकारीका अध्यक्ष जनक बिस्ट ,वडा सदस्य सेतु बि क, समाजसेवी खडक गौतम लगाएतका शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा आर्थिक बर्ष २०७८/०८९ को आय व्यय संस्थाका लेखा समिती सदस्य देबेन्द्र सोडारिले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा गत बर्षको २ लाख ५७ ह्जार ८ सय ८३ रुपैयाँ आम्दानी र यश बर्ष ३ लाख ५० हजार , ५ सय ९९ रुपैयाँ  घाटा रहेको प्रगति विवरण सार्बजनिक गरिएको थियो ।

आम्दानी यस बर्ष २ लाख ,६३ ह्जार ५ सय ५५ रुपैयाँ थियो भने खर्च ६ लाख १४ ह्जार,१ सय ५५ रुपैया रहेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार