
लम्की कैलाली । कैलालीको लम्कीमा रहेको नवदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । डिल्ली गड्तोलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यकार्यसमिति निर्विरोध चयन गर्दै संस्थाको २१ औ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
कार्यसमिति उपाध्यक्षमा पुष्पा कुमारी शर्मा,सचिवमा गोरख बहादुर बटाला,कोषाध्यक्षमा देबकी कार्की,सदस्यमा लक्ष्मी प्रसाद न्यौपाने,मोति प्रसाद उपाध्याय,लक्ष्मण प्रसाल रेग्मी,कृष्ण प्रसाद न्यौपाने,श्रीकृष्ण चौधरी,देबिधरा उपाध्याय र सरस्वती खत्री निर्विरोध चयन भएका छन ।

सहकारी संस्थाका अध्यक्ष डिल्ली प्रसाद गड्तोलाको अध्यक्षताका आयोजित साधारण सभाका प्रमुख अथिति लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशिला शाही रहेकी थिइन । बिशिष्ट अथितिमा लम्कीचुहा नगरपालिकाकी नगर उपप्रमुख जुना चौधरी अथितिमा लम्कीचुहा नगरपालिका वडा न.१ का वडाअध्यक्ष नेत्र प्रसाद खनाल लगायतका बिभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

जम्मा ५८ लाख ६९ हजार २ सय शेयर पुजि रहेको सहकारी संस्थाले आर्थिक बर्ष २०७९÷८० का लागि ३५ लाख २२ हजार ६ सय ८ रुपैया ५० पैसाको कारोबार गरेको छ । जस्मा संस्थाले ४ लाख ९१ हजार ४ सय १४ रुपैया ७८ पैसा खुद नाफ गर्न सफल भएको छ ।

साविक बलिया गा.वि.स. वडा नं ६ चौरीका २५ जना चेतनशील युवाहरूको अगुवाइमा सुरक्षित भविष्यका लागि समाजमा छरिएर रहेको रकमलाई नियमित रूपले बचत गर्ने बानीको विकास गर्दै ग्रामीण गरिविको भयावह अवस्थालाई लगानीको माध्यमबाट केही मात्रामा भएपनि योगदान गर्ने उद्देश्यले सहकारी ऐन २०४८ अन्तर्गत २०५८ साल वैशाख २८ गते तत्कालीन जिल्ला सहकारी कार्यालय, कैलालीमा दर्ता भई स्थापना भएको बचत तथा ऋण सहकारी संस्था हो ।
“पसिनाको कमाई एक एक सिक्का साँवा र व्याज एक ढिक्का” भन्ने नाराका साथ साविक बलिया गा.वि.स. वडा नं ६ चौरीबाट कार्यारम्भ गरेको यस संस्थाले २०७२ सालदेखि लम्कीचुहा न.पा. – १ लम्कीमा कार्यालय स्थापना गरी सहकारी सिद्धान्त एवं अन्तराष्ट्रिय बचत तथा ऋण संघका सिद्धान्तहरू पालना गर्दै आफ्ना शेयर सदस्यहरूबाट बचत स्वीकार गर्ने, बचतमा निश्चित ब्याज प्रदान गर्ने, सुलभ ब्याजदरमा ऋण लगानी गर्ने तथा शेयर सदस्यहरूको हितका लागि तोकिएका अन्य कार्यहरू गर्दै आएको छ ।
आधुनिक सूचना प्रविधियुक्त कम्प्युटरराइज प्रणाली, बचतमा अन्य वित्तिय संस्था भन्दा बढि ब्याजदर, सरल तथा छिटो कर्जा प्रवाह प्रक्रिया जस्ता मुख्य विशेषता रहेको यस सहकारी संस्थाले विभिन्न बैंक तथा वित्तिय संस्थाहरूसँग समन्वय र सहकार्य गर्दै विभिन्न सुविधाहरू उपलब्ध गराउने प्रयास स्वरुप प्रभु रेमिटबाट रेमिट्यान्स, हवाई टिकट, टेलिफोन बिल भुक्तानी मोबाइल रिचार्ज सेवा जस्ता विभिन्न सुविधाहरू पनि प्रदान गर्दै आइरहेको छ ।