ब्रेकिङ न्युज

Featured posts

नेकपा एमालेले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

नेकपा एमालेले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

काठमाडौँ । नेकपा एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको शनिबार बसेको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । यस्तै आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार रहेका छन् । पौडेललाई कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय आजै बसेको कार्यसम्पादन समितिको बैठकले गरेको हो।
पुरा पढ्नुहाेस्
समर्थन फिर्ता लिदै सरकारबाट बाहिरियो राप्रपा

समर्थन फिर्ता लिदै सरकारबाट बाहिरियो राप्रपा

१३, फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । पार्टीको आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको हो । सत्ता सहकार्यमा भएको आकस्मिक परिवर्तन भई मुलुक पुन सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको भन्दै सरकारबाट बाहिरिएको राप्रपाले जनाएको छ । ‘हाल देखिएको सत्ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनमा निहित अस्थिरताको स्वभाविक चरित्र हो भन्ने हाम्रो ठहर छ,’ राप्रपाले विज्ञप्तिमा उल्लेख गरेको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको राप्रपा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएको थियो । पार्टी अध्यक्ष राजेन्द्र लिंदेन उपप्रधान…
पुरा पढ्नुहाेस्
मोहन्याल गाउँपालिकाले गर्‍यो अर्धवार्षिक समिक्षा कार्यक्रम

मोहन्याल गाउँपालिकाले गर्‍यो अर्धवार्षिक समिक्षा कार्यक्रम

मोहन्याल । कैलालीको मोहन्याल गाउँपालिकाले अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार गाउँपालिका कार्यालय खिमडीमा पालिका अध्यक्ष देविदत्त उपाध्यायको अध्यक्षतामा उक्त अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको हो । उक्त अर्दवार्षिक समिक्षा कार्यक्रममा विभिन्न शाखाका शाखा प्रमुखहरुले आआफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा पालिकाको तर्फबाट पछिल्लो अर्दवार्षिक को आर्थिक प्रतिवेदन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले गरेका थिए । सोही क्रममा उनले पालिकाले आफ्नो आन्तरिक आर्थिक श्रोत लाई कसरी बढाउने भन्ने कुरामा पालिका अध्यक्ष, उपाध्यक्ष लगाएत सम्पुर्ण जनप्रतिनिधिले विशेष ध्यानदिनु पर्ने बताए । यस्तै कार्यक्रम आफ्नो मन्तव्य प्रस्तुत गर्दै पालिका अध्यक्ष उपाध्यायले बिगतका दिनहरूमा पनि पालिकाका कर्मचारीले पालिकाको…
पुरा पढ्नुहाेस्
बर्दगोरियमा हात्तिपाईले रोग विरुद्धको आम औषधि सेवन आज बाट सुरु

बर्दगोरियमा हात्तिपाईले रोग विरुद्धको आम औषधि सेवन आज बाट सुरु

पदम राज ओझा / बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा हातिपाइले रोग बिरुद्ध को आम औषधि सेवन कार्यक्रम आज बिहीवार बाट सुरु भएको छ । गत सोमबार वडा नम्बर १ मा बर्दगोरिया स्वास्थ्य शाखाले पालिका स्तरिय सरोकारवालाहरु संग एक दिने हात्तिपाइले रोग विरुद्ध आम औषधी सेवन अभिमुखिकरण कार्यक्रम गरेको थियो । राष्ट्रिय हात्तिपाइले रोग निवारणका लागि आम औषधि सेवन अभियान अन्तर्गत पालिकामा आजबाट सुरु भइ फागुन मसान्तसम्म हात्तिपाइले रोग विरुद्धको आैषधि सेवन अभियान संचालन हुने छ । पालिका अध्यक्ष कर्ण कुँवर, उपाध्यक्ष गणेश राज गिरि र प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिंह कार्किले हात्तिपाईले रोग विरुद्धको आम औषधि सेवन गरेर सुरुवात गरेका…
पुरा पढ्नुहाेस्
मोहन्याल गाउँपालिकाको कार्यालय स्थापनाको लागि स्थानियले जग्गा दान गर्ने

मोहन्याल गाउँपालिकाको कार्यालय स्थापनाको लागि स्थानियले जग्गा दान गर्ने

मोहन्याल । कैलालीको मोहन्याल गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि स्थानीयले जग्गा दान गर्ने घोषणा गरेका छ्न । गत पुस १४ गते बसेको कार्यपालिका बैठकले पालिकाको वडा नम्बर १ स्थित चोसेकाँडामा प्रशासकीय भवन निर्माणको लागि प्रस्ताव गरेपछि यहाँका स्थानीयले जग्गा दान गर्ने स्व- घोषणा गरेका हुन । पालिकाको प्रशासकीय भवन निर्माणका लागि मोहन्याल १ चोसेकाँडाका ७ जना स्थानीयले एक करोड भन्दा बढी मूल्य पर्ने जग्गा भवन निर्माणका लागि निःशुल्क दिन तयार रहेको बताएका छ्न । पालिकाको भवन निर्माणका लागि स्थानीय सरकार संचालन ऐनमा उल्लेख भएअनुसारको जग्गा उपलब्ध गराउने गरि आफुहरु जग्गा दान गर्न तयार रहेको बताएका हुन । पालिकाको प्रशासकीय भवन…
पुरा पढ्नुहाेस्
आज सुनको मुल्यमा गिरावट

आज सुनको मुल्यमा गिरावट

काठमाडौं । आज स्थानीय बजारमा पहिलो धातु सुनको मुल्य सामान्य अंकले घटेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य आज भने प्रतितोला दुई सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी…
पुरा पढ्नुहाेस्
आज ग्याल्पो ल्होसार, शेर्पा समुदायले विभिन्न कार्यक्रमका साथ मनाउँदै

आज ग्याल्पो ल्होसार, शेर्पा समुदायले विभिन्न कार्यक्रमका साथ मनाउँदै

रासस काठमाडौँ ।  प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले सुनाए । यो ल्होसारलाई…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-६ जोकाही /पृथ्वीपुर जोड्ने कालोपत्र सडकको सिलन्यास

बर्दगोरिया-६ जोकाही /पृथ्वीपुर जोड्ने कालोपत्र सडकको सिलन्यास

बौनिया । बर्दगोरिया गाउपालिका वाड न. ६ को जोकाही /पृथ्वीपुर जोड्ने कालोपत्र सडकको सिलन्यास गरिएको छ । गाउपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले उक्त कालोपत्र सडकको सिलन्यास गरेका हुन । संघीय सरकारको समपुरक कोष बाट उक्त सडक बन्ने भएको छ । उक्त सडकको ठेक्का जे एस बि आर कन्स्ट्रक्सन बौनियाले पाएको छ । पालिकाले ठेक्काका लागि आव्हान गरे बमोजिम जे. एस. बि. आर कन्स्ट्रक्सनले भ्याट सहित ५३ लाख,६५ ह्जार ६ सय २३ रुपैयाँमा सम्झौता गरेको छ । सो सडकको लम्बाई ११०० मिटर रहेको छ । उक्त सडक मिति २०८० साल असार १० गते भित्र सम्पन्न गरिसक्नु पर्ने छ । सिलन्यास गर्दै…
पुरा पढ्नुहाेस्
लम्किमा जारी प्याब्सन मेयर कप फुटबल/ क्रिकेट प्रतियोगितामा गुरुकुल लम्की दुबै बिद्या तर्फ उपाधीका लागि भिडने

लम्किमा जारी प्याब्सन मेयर कप फुटबल/ क्रिकेट प्रतियोगितामा गुरुकुल लम्की दुबै बिद्या तर्फ उपाधीका लागि भिडने

बर्दगोरिया (कैलाली) । कैलालीको लम्की चुहा नगरपालिकामा जारी प्याब्सन मेयर कप फुटबल/ क्रिकेट प्रतियोगितामा सोमबार (आज) फुटबल तर्फको फाईनल खेल हुने भएको छ भने क्रिकेट प्रतियोगिताको फाईनल खेल भोलि मंगलबार हुने भएको छ । लम्की चुहा नगरपालिकाको सहयोग तथा लम्की चुहा प्याब्सन समितिको आयोजनामा भई रहेको प्रतियोगितामा फुटबल/ क्रिकेट दुबै बिद्या तर्फ गुरुकुल उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगितामा क्रिकेट तर्फ तेस्रो स्थानका आगि क्याम्बृज बलिया र राष्ट्रिय मा वि प्रतिस्पर्धा गर्ने भएका छन । प्रतियोगितामा फुटबल तर्फ नि मा तह र क्रिकेट तर्फ मा वि तह अन्तरगत भइ रहेको प्रतियोगितामा लम्की स्थित गुरुकुल इङ्लिस स्कुल दुबै बिद्या…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-५ मा हात्तिपाइले रोग निवारण सम्बन्धी समुदाय स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

बर्दगोरिया-५ मा हात्तिपाइले रोग निवारण सम्बन्धी समुदाय स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

बर्दगोरिया कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा हात्तिपाइले रोग निवारण सम्बन्धी सामुदाय स्तरीय अन्तरक्रिया तथा अभिमुखिकरण सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हात्ती पाइले रोगबाट पालिकाका आम नागरिकलाई कसरी सुरक्षित राख्ने ? आम नागरिकलाई हात्तिपाइले औषधी कसरी सवैलाई खुवाउने र यसको प्रभावकारीताका बिषयमा अन्तरक्रियामा छलफल भएको हो । बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरीको अध्यक्षतामा उक्त अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अध्यक्ष चौधरीले यसको ब्याक प्रचार प्रसार गर्नु पर्नेमा जोड दिएका हुन । स्वास्थ्य कर्मीले भने जस्तै एक व्यक्तिले यो औषधि सेवन गर्दैमा रोक नियन्त्रण गर्न नसकीने…
पुरा पढ्नुहाेस्