नेकपा एमालेले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

काठमाडौँ । नेकपा एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टीको शनिबार बसेको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यस्तै आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार रहेका छन् । पौडेललाई कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय आजै बसेको कार्यसम्पादन समितिको बैठकले गरेको हो।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार