कालिका ग्रामीण बिधुत सहकारी संस्था लिमिटेडको अध्यक्षमा देव राज स्वार निर्वाचित

बौनिया । कैलाली बर्दगोरिया गाउपालिका वडा नम्बर १ मुडामा रहेको कालिका ग्रामीण बिधुत सहकारी संस्था लिमिटेडको चौथो चुनावी साधारण सभा सनिवार सम्पन्न भएको छ ।

साधारण सभाले देव बहादुर स्वारलाई अध्यक्षमा सर्बसहमत बाट अध्यक्षमा निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा हेमराज चौधरी, सचिवमा जन्मदेव संज्याल, कोषाध्यक्षमा धनादेवी साउद सहित ११ सदस्यीय कार्यसमिति निर्बिरोध निर्वाचित भएका छन ।

संस्थाका अध्यक्ष पदम बुढ्थापाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउपालिका वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम रहेका थिए ।

संस्थाका कोषाध्यक्ष दिपेन्द्र कुमार बमको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा आर्थिक बर्ष २०७६/०७७ को जम्मा २८ लाख,३ ह्जार ९ सय ३४ रुपैयाँ बराबरको आय /व्यय, २०७७/०७८ को ३१ लाख,८८ ह्जार १ सय १७ रुपैयाँ बराबरको आय व्यय र आर्थिक वर्ष २०७८/०८९ को ४० लाख, ९८ ह्जार, ६५४ रुपैयाँ आय र २४ लाख, ९९ ह्जार ९ सय १८ रुपैयाँ बरबर व्यय गर्दै संस्थाले १५ लाख ९८ ह्जार ७ सय ३६ रुपैयाँ बचत गर्न सफल भएको संस्थाका सचिब चक्र बहादुर शाहिले आय व्यय प्रस्तुत गर्दै जानकारी दिएका थिए ।

साधारण सभामा संस्थाका पुर्ब अध्यक्ष नन्दलाल रावल, समाजसेवी नवराज कुँवर,जन्मदेव संज्याल ,मोहन तिरुवा लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन संस्थाका सचिव चक्र बहादुर शाहीले गरेका थिए ।

कार्यक्रममा नियमित रुपमा बिधुत महशुल बुझाएका सेयर सदस्यहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार