मोहन्याल गाउँपालिकाको कार्यालय स्थापनाको लागि स्थानियले जग्गा दान गर्ने

मोहन्याल । कैलालीको मोहन्याल गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि स्थानीयले जग्गा दान गर्ने घोषणा गरेका छ्न । गत पुस १४ गते बसेको कार्यपालिका बैठकले पालिकाको वडा नम्बर १ स्थित चोसेकाँडामा प्रशासकीय भवन निर्माणको लागि प्रस्ताव गरेपछि यहाँका स्थानीयले जग्गा दान गर्ने स्व- घोषणा गरेका हुन ।

पालिकाको प्रशासकीय भवन निर्माणका लागि मोहन्याल १ चोसेकाँडाका ७ जना स्थानीयले एक करोड भन्दा बढी मूल्य पर्ने जग्गा भवन निर्माणका लागि निःशुल्क दिन तयार रहेको बताएका छ्न ।

पालिकाको भवन निर्माणका लागि स्थानीय सरकार संचालन ऐनमा उल्लेख भएअनुसारको जग्गा उपलब्ध गराउने गरि आफुहरु जग्गा दान गर्न तयार रहेको बताएका हुन । पालिकाको प्रशासकीय भवन निर्माणका लागि स्थानीय कमल बहादुर बुढामगर, टेक बहादुर बम, भिम बहादुर बम, चक्र बहादुर बम, कमल सिंह बम, गज बहादुर शाही, डम्बर बहादुर बमले प्रतिव्यक्ति दुई रोपनीका दरले १ करोड बढी मुल्यपर्ने जग्गा दान गर्ने घोषणा गरेका हुन ।

स्थानीय सरकार संचालन ऐन २०७४ मा गाउँपालिका भवन निर्माणका लागि कम्तीमा १३ हजार वर्गमिटरर जग्गाा अनिवार्य हुनुपर्ने मापदण्ड तोकेको छ । सोहि अनुसार आफुहरु तत्कालीन अबस्थामा सामुहिक हिसाबमा १४ रोपनी जग्गा दान गर्न तयार रहेको भन्दै अपुग पुगेका खण्डमा समेत बाकी आवश्यक जग्गा दान गर्न तयार रहेको उनीहरूले बताएका छ्न ।

पालिकाको प्रशासकीय भवन नहुदा लामो समयदेखि मोहन्याल गाउँपालिका बासीले सास्ती खेप्नु परेको र कार्यपालिका बैठकले समेत चोसेकाडामै भवन निर्माणका लागि प्रसाब गरेको हुँदा आफू जग्गा दान गर्न तयार रहेको स्थानीय टेक बहादुर बमले बताए ।

मोहन्याल गाउँपालिकामा लामो समय देखि प्रशासकीय भवन कहाँ बन्ने भन्ने कुरामा निम्तिएको राजनीतिक किचलोले जनताको कामकाज अस्तव्यस्त बन्दै गएपछि पालिकाको भवन चोसेकाडामै बनाउने कुराको बहस चलेपछि आफू खुशी भएको भन्दै आफू जग्गा दान गर्न तयार भएको जग्गा दाता भिम बहादुर बम र चक्र बहादुर बमले बताए ।

यता स्थानीय गज बहादुर शाहीले भने कहिले मोहन्याल गाउँपालिकाको कार्यालय चिसापानी ,कहिले लम्की र सुखड तथा कहिले धनगढीबाट कार्यालय संचालन हुने प्रवृत्तिबाट स्थानीय आजित भएपछि आफू जग्गा दान गर्न राजी भएको बताए ।

जनताको प्रशासनीक कामकाज सहज होस भन्नका लागि सरकारले स्थानीय सरकार संचालन र जिम्मेवारी दिएको हो । स्थानीय कमल सिंह बम भन्छ्न – ५-६ वर्षदेखि मोहन्याल गाउँपालिकाको प्रशासनिक कार्यालय कहाँबाट संचालन हुदैछ भन्ने समेत स्थानीयलाई थाहा नहुने हुदा सबैलाई पाएक पर्ने बिच केन्द्रका हिसाबले चोसेकाडा नै उपयुक्त हुने हुँदा आफू जग्गा दान तयार भएको बताए ।

भौगोलिक हिसाबले समेत मोहन्याल गाउँपालिका सबैभन्दा विकट मानिन्छ,त्यसैमा पानी पालिकाको भवन अपायक पर्ने ठाउँ मा हुँदा निकै असहजताको स्थिति देखिएपछि चोसेकाडामै भवन निर्माणका लागि आफू जग्गा दान गर्न मन्जुर भएको स्थानीय कमल बहादुर बुढाले बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार