बर्दगोरियामा निर्माणाधीन विकासे योजनाको गाउँपालिका उपाध्यक्ष द्वारा अनुगमन
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा भए गरेका बिभिन्न विकास योजनाको स्थलगत अनुगमन तिब्र पारिएको छ । गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका अध्यक्ष गणेश राज (गिरि) पछिल्लो समय पालिकामा भए गरेका विकास निर्माणको अनुगमनमा जोड दिदै गएका छ्न । उनले संङघ, प्रदेश र स्थानीय सरकारबाट चालु आर्थिक बर्षमा बजेट विनियोजन भैइ निर्माणाधीन एवम् सम्पन्न भई सकेका वडा नं. १ देखि ६ सम्मका विकास निर्माणका योजनाको अनुगमनमा सक्रिय बनेका हुन । शुक्रबार मात्रै उनले वडा नम्बर ५ भुरुवामा निर्माणाधीन चर्चको पर्खाल ,भुरुवामा बनेको मुरुवा लगाएत विभिन्न योजनाको स्थलगत अनुगमन गरेका छ्न । स्थलगत अनुगमनका उनले विकास निर्माणका योजनाको बारेमा जानकारी लिंदै तोकिएको…
















