मोहन्याल गाउँपालिकाले गर्‍यो अर्धवार्षिक समिक्षा कार्यक्रम

मोहन्याल । कैलालीको मोहन्याल गाउँपालिकाले अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार गाउँपालिका कार्यालय खिमडीमा पालिका अध्यक्ष देविदत्त उपाध्यायको अध्यक्षतामा उक्त अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त अर्दवार्षिक समिक्षा कार्यक्रममा विभिन्न शाखाका शाखा प्रमुखहरुले आआफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पालिकाको तर्फबाट पछिल्लो अर्दवार्षिक को आर्थिक प्रतिवेदन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले गरेका थिए । सोही क्रममा उनले पालिकाले आफ्नो आन्तरिक आर्थिक श्रोत लाई कसरी बढाउने भन्ने कुरामा पालिका अध्यक्ष, उपाध्यक्ष लगाएत सम्पुर्ण जनप्रतिनिधिले विशेष ध्यानदिनु पर्ने बताए ।

यस्तै कार्यक्रम आफ्नो मन्तव्य प्रस्तुत गर्दै पालिका अध्यक्ष उपाध्यायले बिगतका दिनहरूमा पनि पालिकाका कर्मचारीले पालिकाको हक हितमा काम गरेको बताउदै आउँदा दिन हरुमा थप सकृय भुमिकामा रही आआफ्नो कामकाज चुस्त दुस्त राख्न सम्पुर्ण कर्मचारी हरुलाई निर्देशन दिएक थिए ।

यस्तै सम्पुर्ण वडाका जनप्रतिनिधिलाई पनि नेपाल सरकारको निर्देश अनुसार कानुनको दायरामा रही आम मोहन्याल वासीलाई कसरी सहज तरिकाले सेवा सुविधा दिने भन्ने कुरामा विशेष ध्यान दिदै बिकास निर्माणका कार्यलाई अगाडि बढाउनु पर्ने बताए ।

सोही क्रममा उनले आफू बिगतका दिनहरुमा पनि यश मोहन्याल गाउँपालिकाको समग्र बिकासको निम्ति निरन्तर आवाज उठाउदै आएको र आगामी दिनहरुमा अझ त्यसलाई थप उर्जाका साथ दिनरात नभनी आम जनताको भावना र त्यहाको आवस्यकता अनुसार विकासका निर्माणका कार्य लाई अगाडि बढाउने बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार