बर्दगोरियमा हात्तिपाईले रोग विरुद्धको आम औषधि सेवन आज बाट सुरु

पदम राज ओझा / बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा हातिपाइले रोग बिरुद्ध को आम औषधि सेवन कार्यक्रम आज बिहीवार बाट सुरु भएको छ ।

गत सोमबार वडा नम्बर १ मा बर्दगोरिया स्वास्थ्य शाखाले पालिका स्तरिय सरोकारवालाहरु संग एक दिने हात्तिपाइले रोग विरुद्ध आम औषधी सेवन अभिमुखिकरण कार्यक्रम गरेको थियो ।
राष्ट्रिय हात्तिपाइले रोग निवारणका लागि आम औषधि सेवन अभियान अन्तर्गत पालिकामा आजबाट सुरु भइ फागुन मसान्तसम्म हात्तिपाइले रोग विरुद्धको आैषधि सेवन अभियान संचालन हुने छ ।

पालिका अध्यक्ष कर्ण कुँवर, उपाध्यक्ष गणेश राज गिरि र प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिंह कार्किले हात्तिपाईले रोग विरुद्धको आम औषधि सेवन गरेर सुरुवात गरेका हुन ।

हात्तिपाइले रोग फाइजेरिया परिजिविबाट लाग्ने यो रोग पोथी लाम्खुट्टेको टोकाइबाट सर्ने गर्दछ।

हात्तिपाइले रोगको औषधी पुर्णरुपमा सुरक्षित र प्रभावकारी औषधि भएकोले सिकिस्त बिरामी ,गर्भवती महिला , ७ दिनको सुत्केरी महिला बाहेक २ बर्ष उमेर समूह माथिका व्यक्तिले यो औषधि खान सकिन्छ ।

हात्तिपाइले रोग निवारण कार्यक्रम प्रभावकारी रुपमा संचालन गरि हात्तिपाइले रोग बाट बच्नको लागि यो औषधी सबैले सेवन गर्नुपर्ने पालिका अध्यक्ष कर्ण कुँवरले बताए ।

यसपटक बर्दगोरियाका करिब ३५ हजार नागरिकलाई औषधी सेवन गराईने स्वास्थय शाखा प्रमुख कैलाश कुमार रावतले जानकारी दिएक छन ।

हात्तिपाइले रोग विरुद्धको आम औषधी सेवन यो महिनाभर संचालन हुने र छुटेका अन्य नागरिकले नजिकैको स्वास्थ्य संस्था गएर सेवन गर्न स्वास्थ्य शाखा प्रमुख रावतले आग्रह गरेका छन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार