चर्को ब्याजदर बिरुद्ध आन्दोलनको दोस्रो दिन बौनियाका ब्यापारिले गरे व्यापार व्यवसाय बन्द

बर्दगोरिया : कैलालीको बर्दगोरिया गाउँपालिकाका व्यापारीहरुले सनिवार बिहानै देखि ब्यापार/ व्यवसाय बन्द गरेका छन । उनिहरुले बैंक तथा वित्तीय संस्थाले लगाएको चर्को ब्याजदरविरुद्ध चरणबद्ध आन्दोलनका क्रममा आज सनिवार व्यापार व्यवसाय बन्द गरेका हुन ।

बौनिया बजार व्यवस्थापन समितिको नेतृत्वमा यहाँका व्यापारी तथा व्यवसायीहरू चर्को ब्याजदर विरुद्ध आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनको पहिलो दिन शुक्रबार बौनिया बजारमा नाराबाजीसहित र्याली निकालिएको छ । आन्दोलनको दोस्रो दिन आज ११ बजेसम्म बजार बन्द गर्ने ,भोलि देखि बैंक तथा वित्तीय संस्थामा नो डिपोजिटको कार्यक्रम हुने जनाएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार