बर्दगोरियामा निर्माणाधीन विकासे योजनाको गाउँपालिका उपाध्यक्ष द्वारा अनुगमन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा भए गरेका बिभिन्न विकास योजनाको स्थलगत अनुगमन तिब्र पारिएको छ । गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका अध्यक्ष गणेश राज (गिरि) पछिल्लो समय पालिकामा भए गरेका विकास निर्माणको अनुगमनमा जोड दिदै गएका छ्न ।

उनले संङघ, प्रदेश र स्थानीय सरकारबाट चालु आर्थिक बर्षमा बजेट विनियोजन भैइ निर्माणाधीन एवम् सम्पन्न भई सकेका वडा नं. १ देखि ६ सम्मका विकास निर्माणका योजनाको अनुगमनमा सक्रिय बनेका हुन । शुक्रबार मात्रै उनले वडा नम्बर ५ भुरुवामा निर्माणाधीन चर्चको पर्खाल ,भुरुवामा बनेको मुरुवा लगाएत विभिन्न योजनाको स्थलगत अनुगमन गरेका छ्न ।

स्थलगत अनुगमनका उनले विकास निर्माणका योजनाको बारेमा जानकारी लिंदै तोकिएको समय र गुणस्तरमा कुनै पनि सम्झौता नहुने प्रतिवद्धता जनाएका छ्न । उनले भाैतिक पूर्वाधार विकास निर्माणका याेजनाहरु दिगाे र भरपर्दाे बनाउन गाउँपालिकाले याेजनाकाे नियमित निरिक्षण गर्ने बताए ।

विकास निर्माणमा स्थानीय वासिन्दाको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले प्राविधिकले तोकिएको मापदण्ड अनुसारको काम भए नभएको निगरानी राख्नु पर्नेमा जोड दिए । यसैगरी उनले गुणस्तरिय सेवा प्रवाह र साधन स्रोतको परिचालन तथा व्यवस्थापन गर्नु स्थानीय सरकारको दायित्व भएको भन्दै यसमा कुनै कमिकमजोरी हुन नदिने समेत बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार