बर्दगोरियामा ३ दिने व्यवसायिक बाख्रा पालन तालीम शुरु

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा ३ दिने व्यवसायिक बाख्रा पालन सम्बन्धि तालीम बिहिवार बाट शुरु भएको छ ।

तालीम पालिकाको वडा नम्बर १ को सभाहलमा शुरु भएको हो ।

तालिम पालिकाको वडा नम्बर ३ का २५ जना मुक्तकमैया शिविरका नागरिकलाई दिइदै छ ।

बर्दगोरिया गाउँपालिका पशु स्वास्थ्य शाखाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रम अन्तरगत विनियोजित रकम बाट उक्त तिन दिने तालिमको संचालन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले सरकारले लगाएको लगानीको आम जनताहरुले सहि रुपमा सदुपयोग गर्नु पर्ने बताए । उनले भने यो तालिम आम जनतको आर्थिक उन्नतिका निम्ति रहेको र यस तालिम बाट सिकेका कुरा व्यवहारिक जिवनमा लागु गर्दै आफ्नो आर्थिक उन्नति गर्नु पर्ने छ ।

कार्यक्रम बर्दगोरिया गाउँपालिका बिषयगत शाखाका आर्थिक संयोजन तथा वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुको अध्यक्षतामा सम्पन्न भएको हो ।

पशु शाखा प्रमुख जय प्रसाद कोइरलाको स्वागत मन्तव्य सङ्गै शुरु भएको कार्यक्रमको संचालन नायब पशु सेवा प्राविधिक अनिल ओलीले गरेका थिए ।

तालिम शनिवार सम्म संचालन हुने छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार