घोडाघोडी महोत्सव २०७९ आज देखि शुरु हुँदै

बर्दगोरिया । कैलालीको घोडाघोडी नगरपालिकामा आजबाट घोडाघोडी महोत्सव २०७९ सुरु हुने भएको छ ।

आज एक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य गङ्गा चौधरीले महोत्सवको उद्घाटन गर्ने भएका छन ।

महोत्सवमा बिहान १० बजे देखी झाकि प्रस्तुति सुरु हुने र करिब १२ बजे महोत्सव उद्घाटन हुने घोडाघोडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दुर्गा गौतमले जानकारी दिए ।

आजबाट सुरु हुने महोत्सव २८ गते सम्म जारी रहने छ । यहाँ १ सय स्टल छन् ।

कैलालीको मध्य क्षेत्रको व्यापार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष गौतमले बताए । प्रत्येक दिन चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति समेत रहेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार