नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरियाको दोस्रो गाउँ परिषद सनिवार सम्पन्न

बर्दगोरिया । नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरिया गाउपालिकाको दोस्रो गाउँ परिषद सनिवार सम्पन्न भएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरिया अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला उपाध्यक्ष प्रभु नाथ जैशि रहनु भएको थियो ।

“गौरवशाली बिगत चुनौतीपूर्ण बर्तमान, गुणस्तरीय शिक्षाको लागि शैक्षिक सुशासन” भन्ने नारा सहित नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरियाको दोस्रो गाउँ परिषद सनिवार भएको हो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरियाका उपाध्यक्ष धनराज जोशिको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य तारा प्रसाद जोशी, लक्ष्मी बिनाडी, महुन्याल मा वि का प्र अ चन्दृका जोशी, बालकन्या मा बि का प्र अ भुमी प्रसाद शर्मा, कर्मेस्वर मा वि भजनिका प्र अ लिलाराम बि क लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष सापकोटाले संगठनले बर्दगोरिया गाउपालिकामा विभिन्न दबाब मुलक कार्यक्रम गर्दै आएको बताए । साथै शिक्षण पेशा , शिक्षकका हकहित र गुणस्तरीय शिक्षाका लागि पटकपटक दबाबमूलक ,सम्बाद र ज्ञापनपत्र समेत बुझाएको बताए ।

अध्यक्ष सापकोटाले प्रतिबेदन प्रस्तुत गर्दै बालबिकास , निजिस्रोत तथा बिधालयका कर्मचारी लगाएत शिक्षकहरुका मागहरु पुरा गर्न सफल भएको बताए ।

अध्यक्ष सापकोटाले आर्थिक बर्ष २०७८/०७९ को फागुन मसान्तसम्मको १ लाख , ५१ ह्जार, ४ सय ,२५ रुपैयाँ बराबरको आय व्यय प्रस्तुत गर्नु भएको थियो ।

शिक्षक संगठनले एक बर्षमा हासिल गरेका केही उपलब्धिहरु
१) हाल सम्म १० वटा बैठक र जिल्ला समितिको बैठकमा सहभागी भएको ।
२) १० जना आजिबन र ५५ जना साधारण सदस्य गरि जम्मा ६५ जना सदस्य बनाउन सफल
३) बालबिकास, कर्मचारी ,निजिस्रोत शिक्षक व्यवस्थापन तथा तलब वृद्धिका लागि गा.पा मा ज्ञापनपत्र बुझाएको ।
४) शिक्षक व्यवस्थापन तथा गा.पा को शिक्षा क्षेत्रको बिकासका लागि शिक्षा समिती , कार्यबिधी बनाउन सुझाव तथा दबाबका लागि भुमिका निर्वाह गरेको ।
५) शुभकामना बधाई तथा सम्मान कार्यक्रम गरेको ।
६) गा. पा बाट जिल्ला कार्य समितिमा उपाध्यक्ष सहित २ जना सदस्य बनाउन सहयोग गरेको ।
७) शिक्षक सहकारीमा धेरै शिक्षकहरुलाई सदस्य बनाउन भुमिका निर्वाह गरेको ।
८) झोला तथा पिकनिक कार्यक्रम सम्पन्न गरेको ।

कार्यान्वयन गर्न नसकेका कार्यक्रम तथा केही चुनौतिहरु

१) शैक्षिक गुणस्तर सुधारका कार्यक्रम ल्याउन ।
२) स्थानीय पालिकामा शिक्षा कार्यबिधी निर्माणमा जोड दिन ।
३) पालिकामा प्रशिक्षण तथा नेतृत्व बिकास तालिम कार्यक्रम संचालक गर्न ।
४) स्थानीय संगठनको कार्यालय व्यवस्थापन गर्न
५) निजिस्रोत शिक्षक व्यवस्थापनका लागि भएका प्रयासहरु कार्यान्वयन गर्न ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार