जय महाकाली ग्रामिण बिधुतको अध्यक्षमा हिक्मत बम बिजयी

बौनिया । कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर १ र २ मा रहेको जय महाकाली ग्रामीण बिधुत सहकारी संस्था लिमिटेडको नयाँ कार्य समितीको अध्यक्ष पदमा हिक्मत बम २ सय ८९ मत ल्याई निर्वाचित भएका छन ।

साधारण सभाबाट अध्यक्ष पदमा सहमती नजुटे पछि मतदान प्रक्रियामा जानू परेको हो । अध्यक्ष पदमा तीन कार्यकाल कार्यसमिति अध्यक्ष रहेका हिक्मत बम पुन मतदान बाट पनि चौथो कार्यकालका लागि निर्वाचित भएका छन । बमले निकटतम प्रतिस्पर्धी रहेका मदन राज ढुङ्गाना लाई ९६ मतान्तरले पराजित गरेका हुन । ढुङ्गानाले १ सय ९३ मत ल्याए भने बिजयी हिक्मत बमले २ सय ८९ मत ल्याउदा २ मत बदर भएको छ ।

बिहान ८ बजे बाट सुरु भएको मतदानमा ४ सय ८४ मत खसेको थियो । जय महाकाली ग्रामीण बिधुतमा ९०३ शेयर सदस्य मतदाता रहेका छन ।

यसै गरि उक्त सहकारिमा उपाध्यक्षमा सन्तलाल थारु, कोषाध्यक्षमा कुशुम देवि चौधरी र सचिवमा दिलिप ढुङ्गाना सहित ५ सदस्यहरु सर्बसहमतिबाट यश अघि नै चयन भएका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार