पत्रकार विक र महिला नेतृ विसीको दम्पती सम्मानित
बर्दगोरिया । अन्तरजातीय विवाह गरेका नमुना जोडीलाई सम्मान गरिएको छ । नेपाल दलित मुक्तिमोर्चा सुदूरपश्चिम प्रदेश समितिले अन्तरजातीय विवाह गरेका पत्रकार धनराज विक (अविरल) र जनकलाकार एवम् नेतृ विष्ना विसी (सपना)को नमुना जोडीलाई आईतबार धनगढीमा सम्मान गरिएको हो । नेपाल दलित मुक्तिमोर्चा सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनका प्रमुख अतिथि एवम् नेपाल दलित मुक्तिमोर्चाका केन्द्रीय फ्याक्सन इन्चार्ज परशुराम रम्तेल र मोर्चाका केन्द्रीय संयोजक एवम् विशिष्ट अतिथि दलजीत श्रीपालीले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । नेपाल दलित मुक्तिमोर्चा सुदूरपश्चिम प्रदेश संयोजक बिनिता ओडले अन्तरजातीय विवाह गरि सामाजिक विद्रोह गरेका जोडीको सामाजिक योगदानको मूल्यांकन र कदर गर्दै सम्मानन गरिएको बताईन् । परिवर्तनको सुरुवात…
















