बर्दगोरियामा बेमौसमी आलु खेती भित्र्याउने कार्य शुरु

बर्दगोरिया । कैलालीको बर्दगोरोया गाउँपालिकामा लगाइएको बेमौसमी आलु खेली यति खेर भित्र्याउने कार्य चलिरहेको छ ।

गाउँपालिकाको कृषि बिकास शाखाले गत माघमा ५० प्रतिशत अनुदानमा कृषक हरुलाई उक्त बेमौसमी खुमल सेतो १ र खुमल सेतो २ जातको आलु वितरण गरेको थियो ।

सो आलु खेतिको सोमबार गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर, उपाध्यक्ष गणेश राज गिरि, वडा नम्बर ५ का वडा अध्यक्ष भोलेराम चौधरी लगाएका जनप्रतिनिधि तथा कृषि विकास शाखा प्रमुख झन्कर रावत लगाएको टोलीले अनुगमन गरेको थियो ।

सो अनुगमनका क्रममा सुन्दरी चौधरी कठरियाले आफुहरु जस्तो कृषि पेशामा लागिरहेका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा यस्ता बेमौसमी तरकारी खेतिको विउ दिई कृषि पेशामा लाग्न उर्जा मिलेको बताइन् । आफुले पहिलो चरणमा ढाई विघा जग्गामा उक्त आलु लगाएको बताएईन । आलु आफुले सोचेको भन्दा नि राम्रो फलेको हुँदा यसलाई निरंतरता दिने बताइन ।

अनुगमनका क्रममा रहेका बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले पालिकाको कृषि बिकास शाखाले दिएको आलुको बिउबाट राम्रो उत्पादन भएको बताए । यसरि कृषकहरुले अनुदानमा पाएका हरेक कृषि बस्तुको राम्रो सङ्ग सदुपयोग गरेमा आफुले आगामी दिनहरुमा कृषक हरुलाई अझै प्राथमिकतामा राख्ने बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार