आधारभूत तह उतिर्ण गरेका विद्यार्थीलाइ सुनौलो सा.व.उ.स. मोहन्याद्वारा बेसिक कम्प्युटर तालिम दिइने

बर्दगोरिया । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ६ मा रहको सुनौलो सामुदायिक वन उपभोक्ता समितिले आधारभूत तह उतिर्ण गरेका गरिव, न्यून आयस्तर भएका विद्यार्थीलाई नि:शुल्क कम्प्युटर तालिम दिने भएको छ ।

उक्त सुनौलो सामुदायिक वनका अध्यक्ष सुरेन्द्र जैशीको अध्यक्षतामा यहि चैत्र २५ गते बसेको बैठकले वडाका आधारभूत तह उतिर्ण गरेका करिब ३० जना गरिव, न्यून आयस्तर भएका तथा जेहन्दार विद्यार्थीहरुलाई नि: शुल्क तिन महिने बेसिक कम्प्युटर तालिम दिने भएको हो ।

सामुदायिक वनका अध्यक्ष जैशीका अनुसार पछिल्लो समयमा कम्प्युटर शिक्षा पनि अत्यावश्यक भएको हुँदा आफुहरुले आधारभूत तह उतिर्ण गरेका गरिव, न्यून आयस्तर भएका विद्यार्थीहरुलाई आधारभूत (वेसिक) कम्प्युटर तालिम दिन लागेको बताए ।

 

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार