बर्दगोरियामा वृहत योग विज्ञान महोत्सव २०८० शुरु (फोटोफिचर)

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा वृहत योग विज्ञान महोत्सव २०८० शुरु भएको छ  ।

पतंजलि योग नेपाल तथा बर्दगोरिया गाउँपालिकाको आयोजनमा बैशाख १५ गते सम्म संचालन हुन लागेको उक्त योग विज्ञान महोत्सव २०८० को आज बैशाख ०९ गते औपचारिक रुपमा उद्घाटन भएको हो ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम प्रमुख आथित्यमा उक्त महोत्सव शुरु भएको हो ।

महोत्सव उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता मिथुन गौतमले योग गरौ निरोगी बनौ भन्ने राष्ट्रिय नाराले बर्दगोरिया गाउँपालिकामा पनि स्थान पाएको बताए । पछिल्लो समयमा आम नागरिकले दैनिक रुपमा प्रयोग गर्ने हरेक प्रकारका खाद्य बस्तुहरु स्वच्छ तथा ताजा नरहेकोले मानव जिवनमा विभिन्न रोग हरुले दैनिक रुपमा आक्रमण गर्दै आएको र उक्त रोग सङ्ग लड्न मानिसले योग गर्न अति आवश्यक रहेको बताए ।

योग गर्दा मानिसमा लाग्ने स-सना योगहरु निर्मुल हुने हुँदा सके सम्म सबै मानिसले दैनिक रुपमा योग गर्न जरुरी रहेको छ । त्यहीँ कुरा लाई पहिलो प्राथमिकतामा राख्दै यो वृहत योग विज्ञान महोत्सव २०८० लाई गाउँपालिकाले विभिन्न माध्यमबाट सहयोग गरेको हुँदा यस शिविरमा सबै नागरिकहरुले अनिवार्य सहभागिता जनाउदै आफु र आफ्नो परिवारलाई निरोगी बनाउन सकिने छ ।

यस्तै उद्घाटन कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द बि.क, वडा नम्बर ५ का वडा अध्यक्ष भोलेरामा चौधरीको सहभागीता रहेको थियो ।

योग विज्ञान महोत्सव २०८० का संयोजन टेक राज आचार्यको अध्यक्षतामा हुन लागेको महोत्सवको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य तेज बहादुर बडुवालले राखेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार