बर्दगोरियामा सडक पानी पिचको काम शुरु; पालिका उपाध्यक्ष द्वारा अनुगमन

८, बैशाख २०८० बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले रोड पानी पिचको काम शुचारु गरेको छ ।

सोमबार मात्र गाउँपालिकाले आफुले खरिद गरेका गाडीहरु औपचारिक रुपमा संचालन मा ल्याएको थियो ।

गाडीहरु संचालन मा ल्याए सङ्गै पालिकाले पालिका भरका मुख्य ग्राबेल सडक हरुको पानी पिचको काम सुचारु गरेको हो । जस अन्तरगत पालिकाले पहिलो चरणमा वडा नम्बर ५ बाट उक्त रोड पानी पिचको कार्य शुरु गरेको हो ।

पानी पिचको काम शुचारु भए सँगै गाउँपालिकाको अनुगमन टोलिले समेत अनुगमनको कार्यलाई तिब्रता दिएको छ । जस अनुसार शुक्रबार गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक गणेश राज गिरि, वडा नम्बर १ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मिथुन गौतम लगाएका जनप्रतिनिधि, पालिकाका प्राविधिकको टोलीले स्थानीय पत्रकार सहित अनुगमन गरेको हो ।

अनुगमनका क्रममा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले अब केही महिनामै वर्षातको मौसम सुरु हुँदै छ । त्यो भन्दा पहिलेनै पालिकाका मुख्य ग्रावेल सडकहरु पानी पिच गरिसक्ने गरि काम तिब्र गतिमा अगाडि बढेको छ । जसले गर्दा यहाँ आम जनताले बिगतमा वर्षातको समयमा दैनिक आवतजावतका क्रममा भोगेका यातनाहरु अब भोग्नु नपर्ने बताए । पानी पिचको काम शुरूवात भए सँगै यस वर्ष देखि पालिका भित्र तथा बाहिरबाट आउने कुनै पनि नागरिकले सडकमा रहेका खाल्डाखुल्डी तथा वर्षातको समयमा हुने सडक हिलाम्मे बाट यातना नभोगी सहज रुपमा यात्रा गर्न सक्ने बताए ।

यस्तै अनुगमनका क्रममा पालिका उपाध्यक्ष गिरिले वडा नम्बर १ मा निर्माण भइरहेको जेष्ठ नागरिक मिलन केन्द्रको पनि अनुगमन गरेका छन । अनुगमन गर्दै अब उक्त भवन निर्माण कार्य चाडै सम्पन्न हुनेमा आफु बिश्वस्थ रहेको बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार