बर्दगोरिया ६ मा उत्कृष्ट महिला स्वास्थ्य आमा समूहलाई सामग्री वितरण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा उत्कृष्ट महिला स्वास्थ्य आमा समूहलाई सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

चालू आर्थिक वर्ष २०७९ / ०८० को विनियोजित बजेट मध्य उत्कृष्ट महिला स्वास्थ्य आमा समूहलाई सामग्री वितरण अन्तर्गत छनौटको लागि सूचना आव्हान गर्दा रितपूर्वक निवेदन परेको ३ समूह मध्य उत्कृष्ट भएको वडा नम्बर ६ तुल्सीपुमा रहेको ज्योती स्वास्थ्य महिला आमा समूहलाई उक्त सामग्री वितरण गरिएको वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु (रञ्जितले) बताउनु भयो ।

 

ज्योती स्वास्थ्य महिला आमा समूहकी अध्यक्ष सिता चौधरीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि वर्दगोरिया गाउँपालिका वडा नं ६ का अध्यक्ष रामकृष्ण डगौरा थारु (रञ्जित) रहनु भएको थियो । कार्यक्रममा महिला स्वस्थ्य स्वयं सेबिका तथा समूहकी सदस्य सचिव पुरन शाही, तुल्सीपुर उत्तर टोलका भलमन्सा राम कृपा कठरिया, वडा नम्बर ६ पृथ्वीपुर पशु स्वास्थ्य इकाई प्रमुख युवराज कठरिया, कार्यालय सहयोगी राकेश चौधरी, लगायत समूहका सदस्यहरूको उपस्थि रहेको थियो ।

सामग्री वितरण कार्यक्रममा निम्न सामग्रीहरू वितरण गरिएको छ ।

१ टेन्ट सिलिङ्ग १ सेट सहित

२ ट्रली बुफर १४ इन्च १ सेट

३ फाईल दराज १ थान वितरण गरिएको हो । भने कार्यक्रमको सञ्चालन वडा नं ६ की वडा सचिव दुर्गा ढुंगानाले गरेकी थिइन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार