बर्दगोरिया-५ मा निःशुल्क आँखा जाँच शिविर सम्पन्न, २ सय बढीले लिए सेवा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ बाट २ सय ६२ जनाको निःशुल्क आँखा जाँच गरिएको छ ।

बिहीबार च्यारिटि हेल्थ फाउन्डेसन नेपाल र बर्दगोरिया गाउँपालिकाको कार्यलाय मुडा कैलालीको समन्वय तथा श्री कृष्ण आखा अस्पतालको प्राबिधिक सहयोग भएको १ दिने नि:शुल्क आँखा जाँच शिविर बाट वडा ५ का २६२ जनाले सेवा लिएका हुन ।

आँखा जाँच शिविर बाट ८१ जना लाई नि:शुल्क नजरवाला चस्मा र २४ जनालाई आखाको अप्रेसन गर्न सम्बन्धि सुझाव दिइएको थियो । भने १५७ जनाले सामान्य नजर चेकजाँच गराएका हुन ।

बर्दगोरिया गाउँपालिकामा कुनै पनि नागरिकले आर्थिक अभावको कारण नजर बिहिन हुन नपरोस् भन्दै गाउँपालिकाले प्रत्येक वडामा नि:शुल्क आखा शिविर संचालित गरेको वडा नम्बर ५ का वडा अध्यक्ष भोलेराम चौधरीले बताए । उनले भने शिविर बाट युवाहरु भन्दा नि वृद्ध वृद्वा हरुलाई थप सहयोग भएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार