बर्दगोरिया १ मा निःशुल्क आँखा जाँच शिविर सम्पन्न, ३ सय बढी लिए सेवा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा संचालित एकदिने निशुल्क आँखा शिविरमा ३ सय ५२ जनाको आँखा चेकजाँच गरिएको छ । शुक्रबार च्यारिटी हेल्थ फाउन्डेसन नेपाल र बर्दगोरिया गाउँपालिकाको कार्यलाय मुडा कैलालीको समन्वय तथा श्री कृष्ण आँखा अस्पताल टीकापुरको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको थियो ।

शिविरबाट वडा १ का ३५२ जनाले सेवा लिएका छ्न । शिविरबाट ५२ जनालाई नि:शुल्क नजरवाला चस्मा र ३० जनालाई आँखाको अप्रेसन गर्नेबारे सुझाव दिइएको थियो । यसैगरी २ सय ४० जनालाई सामान्य चेकजाँच गराउनुका साथै औषधि दिइएको जनाइएको छ ।

बर्दगोरिया गाउँपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले बर्दगोरिया गाउँपालिकामा कुनै पनि नागरिकले आर्थिक अभावको कारण नजर बिहीन हुन नपरोस् भन्दै पालिकाले प्रत्येक वडामा नि:शुल्क आँखा शिविर संचालित गरेको र सोहीअनुसार वडा नम्बर १ मा पनि शिविर सम्पन्न भएको जानकारी दिए ।

शिविरबाट युवाहरु भन्दा बढी बृद्धअबश्थाका नागरिकलाई थप मद्दत पुगेको उनले बताए । उनकाअनुसार विशेषगरि शारीरिक र आर्थिक अवस्था कमजोर भएका नागरिकको लागि शिविर फलदायी भएको बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार