सुदुरपश्चिम विशेष

भारतको महाराष्ट्रमा नेपालीले गरे आफ्नै साथीको बीभत्स हत्या

भारतको महाराष्ट्रमा नेपालीले गरे आफ्नै साथीको बीभत्स हत्या

कैलाली । भारतको महाराष्ट्रको आलिबागमा लम्कीचुहा नगरपालिका ६ बावनपुर घर भएका १८ वर्षिय कमल बिकको बावनपुरमै बस्ने उनका साथीहरु मिलेर पुस २६ गते हत्या गरेका छन् । छोराको बीभत्स तरिकाले हत्या गरेको भन्दै आमा पार्वती कामीले बावनपुरमा घरभई आलिबागमा बस्ने सागर बिक, टोपु बिक, मनोज बिक र सन्तोष बादीको नाममा किटानी जाहेरी सहित माघ १ गते भारतको महाराष्ट्र राईगढ जिल्ला आलिबाग ठाना प्रहरीमा उजुरी दिएकीछन् । हत्यामा संलग्न टोपु बिक र मनोज बिक २ जना सहोदर भाई हुन् । छोराको हत्या भएको खबर सुनेपछि पुस २७ गते नेपालबाट आफू भारत आएको र छोराको हत्या नै भएको पुष्टि भएपछि किटानी जाहेरी…
पुरा पढ्नुहाेस्
यति एयरलाइन्स दुर्घटना: हालसम्म ३६ जनाको मृत्यु

यति एयरलाइन्स दुर्घटना: हालसम्म ३६ जनाको मृत्यु

काठमाडौँ । यति एयरलाइन्सको जहाज दुर्घटनामा हालसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार बिहान पोखरामा भएको उक्त एयरलाइन्सको जहाज दुर्घटनामा हालसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले सेती नदीको खोचबाट शव निकाल्ने क्रम चलिरहेको जानकारी दिँदै हालसम्म ३६ जनाको शव निकालिएको जानकारी दिए । उनका अनुसार शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । मृतकहरु अधिकांश पोखरा क्षेत्रकै रहेको जानकारी दिँदै प्रमुख अधिकारी केसीले हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको बताए । ‘जिवित उद्धार गर्न सकिन्छ कि भनेर हामीले प्रयास गर्यौँ । तर कसैलाई जिवित निकाल्न सकिएन ।’…
पुरा पढ्नुहाेस्
नयाँ वर्षका रूपमा मनाउँदै थारू समुदायले माघीपर्व

नयाँ वर्षका रूपमा मनाउँदै थारू समुदायले माघीपर्व

१, माघ काठमाडौं । थारू समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदै छन् ।  सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । राजधानीलगायत अन्य स्थानमा बस्ने थारू समुदायले पनि आज यो पर्व विशेषरूपमा मनाउँदै छन् । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारू समुदायको छ । बेलुका घरमा ठूला…
पुरा पढ्नुहाेस्
लम्कीचुहा नगरपालिकाले माघ-३ गते सार्वजनिक बिदा दिने

लम्कीचुहा नगरपालिकाले माघ-३ गते सार्वजनिक बिदा दिने

बौनिया । कैलालीको लम्कीचुहा नगरपालिकाले एक दिन स्थानीय बिदा भनेर माघ ३ गते मंगलबार सार्बजनिक बिदा दिएको छ । थारु समुदायको नयाँ बर्ष तथा माघि पर्बको अवसरमा नगरपालिकाले माघ ३ गते मंगलबार स्थानिय बिदा दिएको सुचनामा उल्लेख गरेको छ । माघ १ गते माघिका दिन नेपाल सरकारले बिदा दिदै आएको छ । यसै गरि माघ २ गते प्रदेश सरकारले प्रदेश स्तरमा बिदा दिए संगै माघ ३ गते स्थानिय रुपमा पालिकाले बिदा दिएको हो । थारु समुदायको विशेष पर्व माघिको अवसरमा गाउपालिकाको कार्यालय , स्वास्थ्य संस्था ,वडा कार्यालयहरु, सरकारी तथा गैरसरकारी संघ संस्था लगाएत बिधालयमा सार्बजनिक बिदा रहने पालिकाले जारी गरेको…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउपालिकाले दियो माघ ३ गते स्थानिय बिदा

बर्दगोरिया गाउपालिकाले दियो माघ ३ गते स्थानिय बिदा

बौनिया । बर्दगोरिया गाउलालिकाले एक दिन स्थानीय बिदा भनेर माघ ३ गते मंगलबार सार्बजनिक बिदा दिएको छ । थारु समुदायको नयाँ बर्ष तथा माघि पर्बको अवसरमा बर्दगोरिया गाउपालिकाले माघ ३ गते मंगलबार स्थानिय बिदा दिएको सुचनामा उल्लेख गरेको छ । माघ १ गते माघिका दिन नेपाल सरकारले बिदा दिदै आएको छ । यसै गरि माघ २ गते प्रदेश सरकारले प्रदेश स्तरमा बिदा दिए संगै माघ ३ गते स्थानिय रुपमा पालिकाले बिदा दिएको हो । थारु समुदायको विशेष पर्व माघिको अवसरमा गाउपालिकाको कार्यालय , स्वास्थ्य संस्था ,वडा कार्यालयहरु, सरकारी तथा गैरसरकारी संघ संस्था लगाएत बिधालयमा सार्बजनिक बिदा रहने पालिकाले जारी गरेको…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा मावि स्तरीय बृहत छात्र खुल्ला भलिवल प्रतियोगिता शुरु

बर्दगोरियामा मावि स्तरीय बृहत छात्र खुल्ला भलिवल प्रतियोगिता शुरु

२८, पौष बर्दगोरिया । कैलालीको बर्दगोरियामा बृहत छात्र खुल्ला मावि स्तरीय भलिवल प्रतियोगिता शुरु भएको छ । पालिकाको नमुना बिधालयका रुपमा परिचीत श्री वसन्त मुरारी नमुना माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको बिहीबार बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टङ्क बहादुर कुवरको सभाध्यक्षतामा भएको कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिंह कार्की ,कार्यपालिका सदस्य सरस्वती विक, कलावति ढुंगाना, अथितिका रूपमा वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम ,वडा नम्बर २ का अध्यक्ष गोविन्द विकलगाएतको उपस्थिति रहेको थियो । मित्रताको लागि खेलकुद भन्ने मुल नाराका साथ शुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा माघि मेलाको तयारी पुराः पालिका अध्यक्ष कुँवरले उद्घाटन गर्ने

बर्दगोरियामा माघि मेलाको तयारी पुराः पालिका अध्यक्ष कुँवरले उद्घाटन गर्ने

बौनियाँ, कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघि मेला कार्यक्रमको तयारी पुरा भएको छ । मेलाको तयारी पुरा भएसँगै आज बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले उद्घाटन गर्ने भएका हुन । “बर्दगोरिया धार्मिक पर्यटकीय धाम घुम्न जाऔँ” भन्ने नाराका साथ सुरु हुन लागेको उक्त माघि मेला माघ २ गते सम्म संचालन हुने भएको हो । विगत २१ सय वर्ष देखि लाग्दै आएको माघी मेलामा यस पटक स्थानिय तथा राष्ट्रिय कलाकारका साथै भजन किर्तन, रामलीला र भारतको नौटंकी नाच पनि प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । बर्दगोरिया गाउँपालिकामा हुने मेलाको…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

२७, पौष, कैलाली । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिँह रावल नियुक्त भएका छन्। नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका २९ जना सांसदको समर्थनसहित बुधवार अपराह्न रावलले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। दाबी पेस लगत्तै प्रदेश प्रमुख देवराज जोशीले रावलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। रावलले बिहीवार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। सुदूरपश्चिममा नेकपा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमतीपछि उनी मुख्यमन्त्रीमा चयन भएका हुन्। सुदूरपश्चिममा पहिलो चरणमा एमालेको  मुख्यमन्त्रीमा रावल चयन भएका छन्। एमाले संसदीय दलका नेता रावल सुदूरपश्चिमको साढे २ वर्षका लागि मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। माओवादीले…
पुरा पढ्नुहाेस्
सुदुरपश्चिममा सभामुखका लागि दुई जनाको मनोनयन दर्ता

सुदुरपश्चिममा सभामुखका लागि दुई जनाको मनोनयन दर्ता

२६, पौष, कैलाली । सुदूरपश्चिम प्रदेशमा सभामुखका लागि दुई जना प्रदेश सभा सदस्यले मनोनयन दर्ता गरेका छन्। मनोनीत दर्ता गर्नेमा नेकपा माओवादी केन्द्रका भिम भण्डारी र नेपाली काङ्ग्रेसका मानबहादुर रावल रहेका छन । प्रदेशसभा सचिवालयले सभामुख मनोनयनका लागि आज दिउँसो २ः३० बजेभित्र मनोनयन दर्ता गर्नुपर्ने समय तालिका बनाएको थियो।
पुरा पढ्नुहाेस्
बर्दगोरिया-१ मा रहेको नोवेल मा.वि.ले मनायो ३०१ औं पृथ्वी जयन्ती

बर्दगोरिया-१ मा रहेको नोवेल मा.वि.ले मनायो ३०१ औं पृथ्वी जयन्ती

२७, पौष, बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा पृथ्वीनारायण शाहको जन्म जयन्ती दिवस बनाइएको छ । बुधबार गाउपालिकाको वडा नम्बर १ मा रहेको श्री नोवेल माध्यमिक बिधालयले बजार परिक्रम गरि ३०१ औं पृथ्वी जयन्ती मनएको हो । बडामहाराजधिराज पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माताका रुपमा लिने गरिएको छ । उनको जन्म सन् १७७९ मा भएको थियो भने मृत्यु सन् १८३१ मा भएको थियो । उनले स-साना बाईसे तथा चौबिसे राज्यहरुलाई एकीकरण गरेर नेपाल निर्माणको कामलाई शुरुवात गरेका थिए । बिधालय प्राङ्गण बाट निस्किएको र्‍याली बौनिया बजार परिक्रमा गरि कोण सभामा परिणत भएको थियो । प्ले कार्ड सहित र्‍यालिमा निस्केका बिद्यार्थीहरुले ३०१ औ राष्ट्रिय…
पुरा पढ्नुहाेस्