बर्दगोरिया-४ मा वडा स्तरीय फुटबल प्रतियोगिता शुरु

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ प्रथम वडा स्तरीय फुटबल प्रतियोगिताको उद्वघाट्न भएको छ ।

आज सोमबार वडा अध्यक्ष जगत बहादुर शाहीले प्रतियोगिताको उद्घाटन गरेका हुन ।

हिमालयन युवा क्लबको आयोजनामा हुन लागेक उक्त फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।

बिकास गौतमको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा अध्यक्ष शाही रहेका थिए । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै वडा अध्यक्ष शाहीले पालिकालाई खेलकुदको माध्यमबाट समेत चिनाउने आफ्नो लक्ष्य रहेको बताए ।

यस्तै कार्यक्रममा कार्यपालिका सदस्य पुस्कर बि.क लगाएत अतिथिहरुको सहभागिता रहेको थिए।

उक्त फुटबल प्रतियोगितामा ८ वटा टिम सहभागीता रहेका छन । फुटबल प्रतियोगितामा प्रथम हुने टिमले रु. १० हजार नगद पुरस्कार पाउने छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार