सुदुरपश्चिम विशेष

बर्दगोरिया मा १ दिने नि:शुल्क पशु स्वास्थ्य तथा खोप शिविर सम्पन्न

बर्दगोरिया मा १ दिने नि:शुल्क पशु स्वास्थ्य तथा खोप शिविर सम्पन्न

१७, माघ २०७९ बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा एक दिने नि:शुल्क पशु स्वास्थ्य परिक्षण तथा खोप शिविर सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिका पशुसेवा शाखाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रम अन्तरगत उक्त एक दिने नि:शुल्क पशु स्वास्थ्य तथा खोप शिविर कार्यक्रम सम्पन्न भएको हो । उक्त एक दिने नि:शुल्क पशु स्वास्थ्य परिक्षण तथा खोप शिविरमा भेडा बाख्रामा पि.पि.आर. र गाई भैसीमा भ्यागुते, चरचरे रोगको खोप लगाउनुका साथै नि:शुल्क औषधि वितरण, नि: शुल्क पशु बन्धाकरण, पशुको गर्भ परिक्षण तथा बझोपनको विज्ञ पशु चिकित्सक डा. समिका अधिकारी ले उपचार गर्नुका साथै उचित परामर्श दिनुभएको थियो । शिविरबाट १ सय २८ घरधुरीका ७१३…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-५ मा प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात

बर्दगोरिया-५ मा प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात

१७,माघ २०७९ बर्दगोरिया । बर्दगोरिया गाउँपालिका-५ रामपुरमा मंगलबार एक कार्यक्रमका बिच प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरिएको छ । श्रम सम्मान बर्दगोरियाको अभियान कार्यक्रम अन्तर्गत पालिकाको वडा नम्बर ५ स्थित रामपुरमा आज बाट प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिती संयोजक गणेश राज गिरि रहेका थिए । प्रमुख अतिथि गिरीले आफुहरुले वडाबाट सिफारिस भई बेरोजगारी नागरिकलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी गराएको बताए । यस्तै कार्यक्रमलाई उपाध्यक्ष गिरिले सम्पुर्ण श्रमिक हरुलाई आफ्नो कार्यलाई सफलता पुर्वक दिगो र भरपर्दो तरिकाले काम गर्न समेत अनुरोध गरे ।
पुरा पढ्नुहाेस्
कैलालीमा बन्चरो प्रहार: छोरा द्वारा आमाको हत्या

कैलालीमा बन्चरो प्रहार: छोरा द्वारा आमाको हत्या

१७, माघ, लम्की । कैलालीमा बन्चरो प्रहार गरि छोराले आमाको हत्या गरेका छन् । जिल्लाको लम्किचुहा नगरपालिका ,६ स्थित बागमारा मुक्त कमैया शिबिरमा सोमबार राती करिब १२ बजे ४१ वर्षीय छोरा श्रीराम चौधरीले आफ्नै आमा ७२ वर्षीया लगनी देवि थरुनीको हत्या गरेका हुन । बन्चरो प्रहार बाट गम्भीर घाइते भएकी थरुनी लाई लम्की स्थित लालरत्न अस्पतालमा सामान्य उपचार पछि धनगढी स्थित नवजीवन अस्पतालमा थप उपचारका लागि रेफर गरिएको थियो ।  उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बन्चरो प्रहार गरी हत्या गर्ने उनका छोरा श्रीराम थरुलाई मंगलबार बिहान इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।…
पुरा पढ्नुहाेस्
नेपाल भ्रष्टाचार हुने मुलुकको ११० औं स्थानमा

नेपाल भ्रष्टाचार हुने मुलुकको ११० औं स्थानमा

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशन (टीआई) ले भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरे सङ्गै नेपाल भ्रष्टाचार हुने मुलुकको ११० औं स्थानमा परेको छ । यस अघि अघिल्लो वर्ष ११७ औं स्थानमा रहेको थियो। यो तथ्यांक अनुसार नेपालमा यो वर्ष केही सुधार भएपनि भ्रष्टाचार हुने मुलुकहरूको श्रेणीमै कायम रहेको मंगलबार जारी गरेको रिपोर्टमा उल्लेख छ । यस्तै ट्रान्सपरेन्सी इन्टरनेशन (टीआई) का अनुसार डेनमार्क सूचकाङ्कमा सबैभन्दा धेरै ९० अङ्क पाएर सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ । भने नेपाल जम्मा ३४ अङ्क पाएर भ्रष्टाचार हुने मुलुकको ११० औँ स्थानमा परेको हो ।
पुरा पढ्नुहाेस्
बर्दगोरिया-५ मा कालिका मन्दिरको शिलान्यास

बर्दगोरिया-५ मा कालिका मन्दिरको शिलान्यास

१६, माघ २०७९ बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर-५ मा कालिका देवी मन्दिरको शिलान्यास गरिएको छ । वडाको बैदिपुर गाउँमा निर्माण हुन लागेको उक्त मन्दिरको वडा सदस्य शंकर बिकले सोमबार शिलान्यास गरेका हुन । आर्थिक वर्ष २०७९/८० को लागि वडा कार्यालयले विनियोजित गरेको १ लाख रुपैयाँ बजेटमा उक्त मन्दिर निर्माणका हुन लागेको हो ।
पुरा पढ्नुहाेस्
आज माघ १६ गते, शहीद दिवस

आज माघ १६ गते, शहीद दिवस

रासस; २०७९ माघ १६ काठमाडौँ । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै…
पुरा पढ्नुहाेस्
होम स्टेको प्रचार-प्रसार गर्न महोत्सव संचालन

होम स्टेको प्रचार-प्रसार गर्न महोत्सव संचालन

घनश्याम पौडेल, १५ माघ, मसुरिया । कैलाली गौरीगंगा नगरपालिका वडा नं ८ लिक्मामा माघी मिलन तथा माघ महोत्सवको आयोजना गरिएको छ । भाषा, संस्कृति,परम्पराको संरक्षण सम्वर्द्धन तथा कमैया थारु होम स्टे गाउँको प्रचारप्रसार गर्न महोत्सवको आयोजना गरिएको हो । माघ १६ गते सम्म संचालन हुने महोत्सवको राष्ट्रिय सभा सदस्य हरिराम चौधरी (उत्सव)ले शनिबार उद्घाटन गरेका थिए । महोत्सवको उद्घाटन गर्दै राष्ट्रिय सभा सदस्य हरिराम चौधरीले थारु समुदाय भेषभुषा संस्कृति र परम्पराको धनी रहेको भन्दै भाषा कला संस्कृतिको संरक्षण तथा स्वस्थ परिकार अवसरको रुपमा विकास गर्दै पर्यटन प्रवर्द्धन गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताए थिए । गौरीगंगा नगरपालिका तथा वडा नं…
पुरा पढ्नुहाेस्
नेपाल शिक्षक संघ बर्दगोरिया गाउँ कमिटीको दोस्रो अधिवेशन सम्पन्न; अध्यक्षमा हमाल

नेपाल शिक्षक संघ बर्दगोरिया गाउँ कमिटीको दोस्रो अधिवेशन सम्पन्न; अध्यक्षमा हमाल

१४ माघ २०७९ बर्दगोरिया । नेपाल शिक्षक संघ (NTA) बर्दगोरिया गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका विच बर्दगोरिया गाउँपालिकाको नमूना बिधालय श्री बसन्त मुरारी नमुना मा.वि को हलमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशन बाट राकेश हमालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरिएको छ । जसको उपाध्यक्षमा रामचन्द्र कुश्मी, उपाध्यक्ष (महिला) मा पवन चन्द मल्ल, सचीव चक्र शाही, अर्थ सचीव चन्द्रा जोशी, सह-सचीव एकेन्द्र कुवर, भरत बलायर,सह-सचीव (महिला) सुरेखा चौधरी सह- समावेशी सकोश डगौरा, उपेन्द्र सुनार लगाएत २१ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको हो । नेपाल शिक्षक संघ (NTA) बर्दगोरिया गाउँ कमिटी अध्यक्ष भिमदत्त…
पुरा पढ्नुहाेस्
एसईई परीक्षाको समय तालिका सार्वजनिक

एसईई परीक्षाको समय तालिका सार्वजनिक

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । यसैबीच बोर्डले चैत १७ गतेबाट सञ्चालन हुने एसइईको परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार आगामी चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुने छ ।
पुरा पढ्नुहाेस्
बर्दगोरिया-४ मा वडा स्तरीय फुटबल प्रतियोगिता शुरु

बर्दगोरिया-४ मा वडा स्तरीय फुटबल प्रतियोगिता शुरु

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ प्रथम वडा स्तरीय फुटबल प्रतियोगिताको उद्वघाट्न भएको छ । आज सोमबार वडा अध्यक्ष जगत बहादुर शाहीले प्रतियोगिताको उद्घाटन गरेका हुन । हिमालयन युवा क्लबको आयोजनामा हुन लागेक उक्त फुटबल प्रतियोगिता संचालन हुने भएको छ । बिकास गौतमको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा अध्यक्ष शाही रहेका थिए । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै वडा अध्यक्ष शाहीले पालिकालाई खेलकुदको माध्यमबाट समेत चिनाउने आफ्नो लक्ष्य रहेको बताए । यस्तै कार्यक्रममा कार्यपालिका सदस्य पुस्कर बि.क लगाएत अतिथिहरुको सहभागिता रहेको थिए। उक्त फुटबल प्रतियोगितामा ८ वटा टिम सहभागीता रहेका छन । फुटबल प्रतियोगितामा प्रथम…
पुरा पढ्नुहाेस्